मोटरसाइकलसहित भिरबाट खसेर एक युवकको मृत्यु

ओखलढुङ्गामा मोटरसाइकलसहित भिरबाट खसेर एक जनाको मृत्यु भएको छ । सिद्धिचरण नगरपालिका–७ बिगुटारमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने अर्का युवक समान्य घाइते भएका छन् ।मंगलबार राति बिगुटार–रामपुर सडकखण्ड अन्तर्गत फन्पुमा लु ६५प ८०७० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सोलुखुम्बुको सोलु दुधकुन्ड नगरपालिका–१ का २८ वर्षीय नुरु छिरिङ शेर्पाको मृत्यु भएको हो ।मध्यरात मादक पदार्थ खोजी गर्न निस्केका उनीहरु दुर्घटनामा परेको ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक रोहितकुमार शर्माले जानकारी दिए ।

सोलुखुम्बुबाट साथीको घरमा आएका उनीहरुले राति अबेरसम्म मादक पदार्थ सेवन गरेको र अपुग भएपछि रामपुरतर्फ मादक पदार्थ खोजी गर्न जाने क्रममा दुर्घटनामा परेको प्रहरी निरीक्षक शर्माको भनाइ छ ।प्रहरीका अनुसार कच्ची तथा हिलाम्मे बाटोमा बिना हेलमेट हिँडेका उनीहरु फन्पुमा पुगेपछि बाइक चिप्लिएको र पछाडि बसेका साथी सडकमै खसेका थिए । तर मोटरसाइकल चालक शेर्पा भने मोटरसाइकलसहित करिब ३ सय मिटर तल भिरबाट खसेको प्रहरी निरीक्षक शर्माले जानकारी दिए ।मृतक शेर्पाको शवलाई बुधबार दिउँसो ईलाका प्रहरी कार्यालय रामपुरबाट खटेको प्रहरी टोलीले डोरी लगाएर निकालेका थिए ।

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै