गुल्मीको इस्मामा चट्याङ लागेर ७ जना घाइते

टोपलाल अर्याल,गुल्मी, २७ साउन

गुल्मीको इस्मा गाउँपालिका वडा ४ का विभिन्न ठाउँमा चट्याङ लागेर ७ जना घाइते भएका छन् । दोहलीको पहिरा भन्ने स्थानका अन्दाजी ४२ बर्षीय राम बहादुर गन्दर्भ र छोरा १२ बर्षीय राहुल गन्दर्भ चट्याङ लागेर गम्भिर घाइते भएका छन् । दोहली ढाँडकी अन्दाजी १७ बर्षीया राधा खत्री, २३ गोमा खत्री र २४ शर्मिला खत्री पनि घाइते भएका छन् । सोहि ठाउँकै मालारानीकी २४ बर्षीया रुपा र ९ बर्षका किस्मत नेपाली पनि चट्याङ लागेर घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीमा सूचना अधिकारी प्रहरी नायव उपरिक्षक पुरुषोत्तम पाण्डेयले जानकारी दिए । वडाध्यक्ष गनुप्रसाद अधिकारीका अनुसार चट्याङले सोहि वडाको मालारानीका नारायण बस्नेतका बाख्राहरुमा क्षति पुराएको छ । भने घाइतेहरुको उपचारको लागि गुल्मी अस्पताल तम्घास पठाइएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै