त्रिविको डिन कार्यालयमा विद्यार्थीले गरे तालाबन्दी

कोरोना संक्रमणका कारण अनलाइन वा वैकल्पिक विधिबाट परीक्षाको माग गर्दै विद्यार्थीहरुले त्रिभुवन विश्वविद्यालयको डीनको कार्यालयमा तालाबन्दी गरेका छन् । बुधबार कम्प्युटर विज्ञान तथा सूचना प्रविधि अध्ययन गर्ने विद्यार्थीहरुको समूहले अनलाइन विधिबाट परीक्षाको माग गर्दै त्रिविको विज्ञान प्रविधि अध्ययन संस्थानमा तालाबन्दी गरेका हुन् ।उनीहरुले माग पुरा गर्न भन्दै नारा जुलुस समेत गरेका थिए । कोरोना संक्रमणको जोखिमलाई ध्यान दिँदै अनलाइन विधिबाट परीक्षा गर्न विश्वविद्यालयका डिन विनिल अर्याल र रेक्टर शिवलाल भुसाललाई ज्ञापनपत्र बुझाएको तर उनीहरुले कुनै प्रतिक्रिया नदिएपछि डीनको कार्यालयमा तालाबन्दी गरेको सिएसआटी एसोशियसन अफ नेपालका महासचिव आशिष गिरीले जानकारी दिए ।

उनले भने– ‘हामीले भिसी र डिनलाई ज्ञापनपत्र दिँदा पनि कुनै प्रतिक्रिया नदिएका कारण आज आन्दोलनका कार्यक्रम अन्तरगत विरोध प्रदर्शन गर्दै तालाबन्दी गरेका छौँ । हामीले कारोना संक्रमणको जोखिम भएका कारण अनलाइन वा वैकल्पिक विधिबाट परीक्षा गर्न प्रधानमन्त्रीको कार्यालयका साथै त्रिभूवन विश्वविद्यालय अन्तरगत भिसी, रेक्टर र डिन कार्यालयमा ज्ञापनपत्र बुझायौँ तर हाम्रो माग सुनुवाई भएन् ।’डिन कार्यालयले सिस्टम बनाएर अनलाइन विधिबाट परीक्षा लिने विधि तयार पारेको बताएको र सिएसआटी विषयमा अध्ययन गरिरहेका विद्यार्थीहरु अनलाइन परीक्षा दिन तयार रहेको उनको भनाई छ । माग पूरा नगरे निरन्तर आन्दोलन गर्ने गिरीले बताए ।स्रोत रातोपाटी

 

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै