Advertisement
विज्ञापन

बल्कोट प्रहरी चौकीद्वारा सबारी चेकजाँचलाई तिब्रता



Advertisement
विज्ञापन

अस्लम अलि ,नालीबेली सम्बाददाता छत्रदेव।

अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नं २ मा रहेको बल्कोट प्रहरी चौकीद्वारा सबारी चेकजाँचलाई तिब्रता दिएको छ।बल्कोट प्रहरी चौकिले अर्घाखाँचीमा जारी निषेधाज्ञालाई थप प्रभावकारी बनाउन विशेष सक्रियता सहित कडाई गरेको हो ।छत्रदेव गाँउपालिका भित्रका ८ वटा वडाका विभिन्न स्थानहरुमा अनुगमनको कार्यलाई जोड दिएको प्रहरीले जनाएको छ। बल्कोट प्रहरी कार्यालय छत्रदेव गाउँपालिका वार्ड नं २ को कार्यालय, बल्कोट प्राथमिक स्वास्थ्य केन्द्र र सदरमुकाम सन्धिखर्क जाने मुख्य सडकको क्षेत्रमा विशेष सतर्कता अपनाउँदै चेकजाँचलाई कडाइ गरिएको छ ।बिना काम सवारी साधन चलाउने, बिना काम घरबाहिर हिड्नेलाई प्रहरीले कारबाही गरेको छ,भने अत्यावश्यक बाहेकका सवारी साधनलाई नियन्त्रणमा लिई निषेधाज्ञालाई पुर्णरुपमा पालना गर्न आग्रह समेत गरेको छ। बेलुका को समयमा मा भिडभाड हुने भएकोले बेलुका को समयमा समेत निगरानी लाई कडाइ गरेको प्रहरीले जनाएको छ।


Advertisement
Advertisement
Advertisement

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad