लुम्बिनी प्रदेशसभाको बैठक १ घण्टाको लागि स्थगित

लुम्बिनी प्रदेशसभाको बैठक १ घण्टाको लागि स्थगित भएको छ । प्रदेशसभामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको अविश्वास प्रस्तावबारे छलफल जारी रहेको र अविश्वास प्रस्तावमाथि सदस्यहरुले धारणा राख्ने क्रम सकिएसँगै बैठक पौने ३ बजे बस्ने गरी १ घण्टाका लागि स्थगित गरिएको हो । त्यसपछि बस्ने बैठकमा मुख्यमन्त्री शंकर पोखरेलले सदनमा उठेका प्रश्नबारे जवाफ दिनेछन् । यसअघि प्रदेशसभामा सांसद वीरेन्द्र कुमार कानौडियाले वक्तव्यसहित सभामा अविश्वास प्रस्ताव पेश गरेका थिए भने सोमाथि सदस्यहरुले आ–आफ्नो धारणा राखेका थिए । सत्तारुढ दलका सांसद भने प्रदेशसभामा उपस्थित भएनन् । प्रदेशसभा बैठक सुरु हुनुअघि नै मुख्यमन्त्रीले राजीनामा दिएको भएपनि प्रदेश प्रमुखले राजीनामा स्वीकृत गरेको पत्र प्रदेशसभामा पठाइसकेकाले अविश्वास प्रस्तावमाथि छलफल जारी रहेको हो।स्रोत रातोपाटी

 

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै

सम्बन्धित समाचार