अर्घाखाँचीको धारापानी बन्यो खरको छाना मुक्त गाँउ

अजय के,सी नालीबेली सम्बाददाता,धारापानी ।

अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर ४ धारापानी अब खरको छाना मुक्त भएको छ । गरिब, दलित, अपाङ्ग, पिछडिएका परिवारलाई खरको छाना मुक्त बनाउने अभियान अन्तरगत धारापानी अब खरको छाना मुक्त भएको हो ।यहाँ घरको छानो खर र परालका भएका ४९ घरधुरीमा जस्ता पाता ९टिन० लगाइएको वार्ड कार्यालयले अर्घाखाँचीडट्कमलाई बतायो । खरको छाना हटाउन रकम नगरसभाबाट विनियोजन गरिएको थियो ।

तस्वीरःअजय के,सी नालीबेली सम्बाददाता,धारापानी ।

खरका छाना भएको कारण आगलागीको जोखिम हुने, वर्षामा पानी चुहिने भएकोले धारापानीलाई खर छाना मुक्त वार्ड बनाउने निर्णय गरेको थियो । घरका छानामा खर र पराल हटाएर जस्ताका पाता लगाउँदा गाउँको सौन्दर्य समेत बढ्ने र परबाट हेर्दा धनी र गरीबको अवस्था समेत नछुट्टिने वार्ड कार्यालयको भनाई छ ।
पैसा अभावमा खरको छानो चुहिएर बर्खा कष्टका साथ बिताउँदै आएका गरिबलाई भने ठूलो राहत भएको छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै