गुल्मीमा ४३ दिनकी सुत्केरी आमाको मृत्यु

२६ साउन,गुल्मी
गुल्मीमा ४३ दिनकी सुत्केरी आमाको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसीथोक रोतडीकी २८ वर्षीया सुत्केरी आमा शुसिला पोखरेल मरासिनीको मृत्यु भएको जैसिथोक स्वास्थ्य चौकीका अहेव जनक पोखरेलले जानकारी दिनुभयो । सोमवार साँझ टाउको र ढाड दुखेको बताउने सुशिलाको मङ्गलबार पौने १ बजे मृत्यु भएको अहेव पोखरेलले जानकारी दिनुभयो ।सुशिलाको स्वास्थ्य अवस्था चेकजाँच गर्दा शरिरमा रगतको मात्रा केही कम देखिएको र ब्लड प्रेसर कम भएको अहेव पोखरेलले बताउमु भयो । उहाँ लाई सामान्य प्रकारको औषधी चलाइएको थियो । मङ्गलबार सुशिलाको स्वास्थ्य अवस्थामा थप समस्या आएपछि उपचारका लागि लैजाने तयारी हुदाहुदै एम्बुलेन्स नपुग्दै मृत्यु भएको छिमेकीले बताएका छन् ।४३ दिनकी छोरीको स्वास्थ्य अवस्था भने सामान्य छ । सुशिलाका ७ वर्षीय छोरा समेत रहेका छन् । सुशिलाको मृत्युको खास कारण नखुलेको जैसिथोक स्वास्थ्य चौकीका अहेव जनक पोखरेलले जानकारी दिनुभयो ।

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै