कृष्णनगरको उत्प्रेरणामा नागरीक आरोग्य केन्द्रयोग समिति गठन

प्रिन्स मिश्रा ,कपिलवस्तु ,नालीबेली सम्बाददाता ।

नागरीक आरोग्य केन्द्र कृष्णनगरको उत्प्रेरणामा कृष्णनगर वडा नं ९ बहादुरगन्जमा योग समिति गठन गरिएको छ ।नागरीक आरोग्य केन्द्र कृष्णनगरका कविराज डाक्टर नागेश्वर प्रसाद मिश्राको उत्प्रेरणामा १२ सदस्यीय योग समिति गठन गरिएको हो ।
कार्यक्रममा बोल्दै डाक्टर मिश्राले निरोगी बन्नका लागि नियमित योग अभ्यास जरूरी रहेको र व्यक्तिगत मानसिक एवं शारीरिक शान्ति र स्वास्थबिना देशको विकास र समृद्धि सम्भव नभएको निष्कर्ष निकाल्दै योगप्रति मानिसको आकर्षण बढ्दो छ ।

आयुर्वेद चिकित्सा पद्धतिले रोगीको उपचार भन्दा स्वास्थ्य व्यक्तिको स्वास्थ्य रक्षा पक्ष लाई धेरै महत्व दिन्छ चिकित्सा पद्दतिले रोग लागी सकेपछिको उपचार अनि शारीरिक पक्षलाई धेरै महत्व दिन्छ ।योग अभ्यासले मनको शान्ति, आत्मनियन्त्रण, चित्त शुद्धिकरण र अध्यात्मिकतामा ध्यान दिंदै मानव शक्ति अनि चित्तको सकारात्मक महत्व दिन्छ । योगलाई केवल व्यायाम मात्र नभई जीवनको आधार, दर्शन मानिएको समेत मिश्राले व्याख्या गर्नुभयो ।कार्यक्रममा योग प्रशिक्षक आकाश गुप्ता , समितिका संयोजक अरबिन्द सिंह, अध्यक्ष भैभव प्रताप शाह , शिक्षक जंग बहादुर शाही, समाजसेवी निर्भय सिंह लगायतले योग बारे बोल्नु भएको थियो ।
भोली सोमबार देखि योग कक्षा संचालन हुने योग प्रशिक्षक आकाश गुप्ताले जानकारी दिनुभएको छ ।

संयोजकमा अरबिन्द कुमार सिंह , अध्यक्षमा वैभव प्रताप शाह, उपाध्यक्षमा रेशम थापा , कोषाध्यक्षमा चन्द्र किशोर मिश्रा, सचिवमा प्रिन्स मिश्रा , सदस्यमा अवधेश चौधरी, विजय यादव, समर मोदनवाल , प्रताञ्जल मिश्रा, राजकपुर गुप्ता , विकास ठाकुर, विकास मोदनवाल, संरक्षकमा वडा अध्यक्ष राममिलन चौधरी , जंग बहादुर शाही , कविराज नागेश्वर प्रसाद मिश्रा लगायतको सदस्यतामा योग समिति गठन भएको थियो ।

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै