कारोना भाइरस न्यूनिकरण गर्न अर्घाखाँचीमा तपाईंको मास्क खै अभियान सुरु
हलिम खाँन,अर्घाखाँची ,नालीबेली सम्बाददाता ।
कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै अर्घाखाँचीमा ‘तपाईको मास्क खै’ अभियान चलाइएको छ ।म पनि माक्स लगाउछु, अरुलाई पनि माक्स लगाउन प्रेरित गर्छु’ भन्ने अभियानका साथ जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीको अगुवाइमा अभियान सुरु गरिएको हो ।कोरोना भाइरसको सक्रमणबाट सुरक्षित रहन आम नागरिकलाई आग्रह गर्दै मास्क नलगाई यात्रा गर्ने सर्वसाधरणलाई सचेत गराउनका लागि अभियान चलाइएको हो । यसैगरि कोरोनाको दोस्रो लहरबाट प्रभावित पारिरहेको बेला फेरि तेस्रो लहर फैलिन सक्ने भन्दै जिल्लामा मास्क लगाउन कडाइ गर्दै अभियान चलाइएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले बताए ।

बजारक्षेत्रमा हुने मानिसको चापलाई मध्यनजर राखेर सर्वसाधरण र सवारी चालकलाई मास्क वितरण गरिएको छ । अर्घाखाँची जिल्लामा दोस्रो लहरको रुपमा फैलिएको कोरोनाबाट ७१० जना सक्रिय संक्रमित रहेका छन् ।हालसम्म जिल्लामा कोरोना संक्रमणबाट ७६ जनाको मृत्यु भइसकेको छ ।