Advertisement
विज्ञापन

ओलीले केन्द्रीय कमिटि बैठक बोलाएपछि माधव नेपालले थाले तयारी



Advertisement
विज्ञापन

नेकपा एमालेको बुधबार बसेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठकले कमिटि भंग गरी केन्द्रीय कमिटि बैठक बोलाएपछि त्यसको तयारी स्वरुप बरिष्ठ नेता माधव कुमार नेपालले छलफल थाल्नुभएको छ ।

असरा १८ गते बोलाइएको उक्त बैठकमा जाने या नजानेबारे निर्णय गर्न उहाँले परामर्श थाल्नुभएको हो । बैठकमा भाग लिने कि नलिने भन्ने सन्दर्भमा सामुहिक धारणा तय गर्न नेताहरू अनौपचारिक छलफलमा जुटेका छन् ।


Advertisement
Advertisement
Advertisement

बुधवार सम्पन्न महाधिवेशन आयोजक कमिटीले सर्वोच्च अदालतको आदेश र माधव समूहको माग बमोजिम २०७५ जेठ २ कै केन्द्रीय कमिटी र त्यसपछि एकतामा समाहित भएका नेताहरूसहितको बैठक बोलाउने निर्णय गरेको छ ।

अबको बैठकमा नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारीकै हैसियतमा माधव नेपाल पक्षका नेताहरुलाई सहभागी हुन आह्वान गरिएको छ । महाधिवेशन आयोजक कमिटी भंग भएसँगै नेपालसहित ११ जना विघटित प्रतिनिधिसभा सदस्यहरुमाथि गरिएको कारवाही पनि निष्क्रिय भएको छ ।

माधव नेपाल पक्ष भने असार १८ गते बोलाइएको केन्द्रीय कमिटीमा सहभागिताको सन्दर्भमा धारणा बनाउन आन्तरिक छलफलमा जुटेको एक नेताले बताए । नेपाल निकट नेता गोकर्ण विष्टले आफूहरू बैठकमा रहेको बताउनुभयो ।

नेपाल पक्षका केही नेता संस्थापन पक्षसँग निरन्तर संवादमा छन् । नेपालसहितका नेताहरुको कारवाही फुकुवा र २०७५ जेठ २ को अवस्थामा फर्किए पार्टी एकता हुने बताइरहेका बेला बुधवारको बैठकले पूर्ववत् कमिटीमा फर्किने निर्णय गरेको छ ।

तर, नेपाल पक्षले भने जस्तो जेठ २ अघिको कमिटी नभई एमालेबाट नेकपा एकताको बेला थपिएका ४१ जना र नेकपा एकतापछि एमालेमा समाहित भएका पूर्व माओवादीका २३ जना केन्द्रीय सदस्यसहितको बैठक बोलाइएकाले नेपाल पक्षले त्यो बैठकमा सहभागिताबारे निर्णय गर्न बाँकी छ ।

दिउँसोको बैठकले केन्द्रीय कमिटि बैठक बोलाउँदै नेपाल पक्षमाथि गरिएको कारवाही समेत निष्क्रिय भएको ठहर गरेको थियो ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad