सर्पले डस्दा १२ वर्षीया बालिकाकाे मृत्यु

असार ४, दाङ। सर्पले डस्दा दाङमा एक बालिकाको ज्यान गएको छ । सर्पले डस्दा देउखुरीको गढवा गाउँपालिका–७ विजयपुरकी १२ वर्षीया रेश्मा बोहोराको ज्यान गएकाे हाे ।

सर्पले डस्दा अचेत बनेकी रेश्माको गढवा सर्पदंश उपचार केन्द्रमा प्राथमिक उपचारपछि थप उपचारका लागि लमही अस्पताल ल्याइए पनि त्यसकाे केही क्षणमै चिकित्सकले मृत घोषणा गरेका थिए ।

शुक्रवार बिहान गोठमा पराल लिन गएको समयमा बाेहाेरालाई गोमन सर्पले डसेको थियो ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै

सम्बन्धित समाचार