हात्तीको आक्रमणबाट मोरङमा एकको मृत्यु

असार ४, मोरङ। सुनवर्षी नगरपालिका–८ कुरेलीमा सेल्फी खिच्न खोज्दा भारतबाट नेपाल प्रवेश गरेको जंगली हात्तीको आक्रमणमा परी एक जनाको शुक्रबार मृत्यु भएको छ ।

स्थानीय २१ वर्षीय मनोहर मियाँको हात्तीको आक्रमणबाट मृत्यु भएको हो । नजिक गएर सेल्फी खिच्ने क्रममा हात्तीले आक्रमण गर्दा घाइते भएका उनको उपचारको क्रममा न्यूरो अस्पताल विराटनगरमा मृत्यु भएको जिल्ला प्रहरी मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईले बताए ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै

सम्बन्धित समाचार