जीवन विकास लघुवित्तले असार ११ गतेदेखि आइपीओ निष्कासन गर्ने , कति कित्ता आवेदन दिने?

जीवन विकास लघुवित्तले अषाढ ११ गतेदेखि १९ लाख ७७ हजार कित्ता सेयर आईपीओ निष्कासन गर्ने भएको छ ।

 भिडियो हेर्नुहोस्: https://youtu.be/-DkUnDw2VA8

यस कम्पनीले जारी पूँजी ६० करोड ८४ लाख रुपैयाँको ३२.५० प्रतिशत अर्थात १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका १९ लाख ७७ हजार ३ सय कित्ता सेयर निष्कासन भएको छ ।

जसमा ३० हजार ४२० कित्ता अर्थात् ०.५ प्रतिशत कर्मचारीका लागी र ९८ लाख ८६५ कित्ता (कूल निष्कासनको ५ प्रतिशत) सामूहिक लगानी कोषको लागी छुट्याएको छ भने बाँकि १८ लाख ४८ हजार १५ कित्ता सेयर सर्वसाधारणका लागी छुट्याईएको छ ।

इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटोमा असार १५ गते हुनेछ भने ढिलोमा असार २५ गते हुनेछ। ।

आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले लघुवित्तलाई ‘इक्राएनपी इस्यूअर रेटिङ्ग त्रिपल बि माइनस’ रेटिङ्ग प्रदान गरेको छ। यस्तो रेटिङ्ग प्राप्त गर्ने संस्थाहरु समयमा वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सु्रक्षित र मध्यम क्रेडिट जोखिम रहेको संकेत गर्दछ।

लघुवित्तकाे प्रतिशेयर नेटवर्थ साे अवधिसम्ममा ३०५ रूपैयाँ २७ पैसा रहेकाे छ।

यस कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटे रहेको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै

सम्बन्धित समाचार