आइएमई जनरल इन्स्योरेन्सको ४०% हकप्रद शेयर निष्काशन गर्न बिक्री प्रबन्धक नियुक्त

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्नका लागि ग्लोबल आइएमई क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले १८ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ८ करोड १८ लाख रहेको छ भने कम्पनीको जगेडा कोषमा ३० करोड २६ लाख रहेको छ  । कम्पनीले ४० प्रतिशत हकप्रद सेयर निष्कासन गरेपछि कम्पनीको चुक्तापूँजी १ अर्ब ६२ करोड रूपैयाँ पुग्नेछ ।

हकप्रद शेयर निष्काशन सम्बन्धी सम्झौतामा आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत युगेश भक्त बादे श्रेष्ठ तथा निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणि ढकालले हस्ताक्षर गरेका छन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै

सम्बन्धित समाचार