सर्वाेत्तम सिमेन्टले २०.१२४ प्रतिशत लाभांश पारित गर्न बोलायो साधारण सभा

सर्वाेत्तम सिमेन्ट लिमिटेडले बिशेष साधारण सभा बोलाएको छ । कम्पनीको जेठ २ गते बसेको सञ्चालक समितिको बैठकले असाढ १० गते बिशेष साधारण सभा आह्वान गरेको छ ।

कम्पनीको बिशेष साधारण सभा अषाढ १० गते काठमाडौंको तिनकुनेस्थित न्यौपाने टावरमा बिहान ११ बजे बोलाएको छ ।

यस सभामा कम्पनीले आर्थिक बर्षको मुनाफाबाट हालको चुक्ता पूँजी ३ अर्ब ४० करोड रुपैयाँको १९.११८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागी १.००६ प्रतिशत नगद लाभांश गरि कूल २०.१२४ प्रतिशत लाभांश वितरण गर्ने बिशेष प्रस्ताव छलफल गरि पारित गरिनेछ ।

 

सभामा कम्पनीको हालको चुक्ता पूँजी बृद्धि गरी संस्थापक र सर्वसाधारण सेयरधनीहरुबीचको अनुपात मिलान गर्ने प्रस्ताव पारित गर्नेछ ।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै

सम्बन्धित समाचार