भाईबर ,वाट्सएप र इमो मार्फत लट्री पर्यो भन्दै २ लाख ठगी गर्ने लाई प्रहरीले प्रकाउ गरेको छ।

नेपाल प्रहरीले सामाजिक सञ्जाल वाट्सएप, इमो मार्फत लट्री परेकामे छ भन्दै ठगी गरेको अभियोगमा एकजनालाई नियन्त्रणमा लिएको छ । वाट्सएप, इमो मार्फत २५ लाखको लट्री पर्यो भन्दै पीडितहरुबाट २ लाख १० हजार रुपैयाँ रकम ठगी गरेको अभियोगमा पर्सा वीरगंज महानगरपालिका–१८ बस्ने निरज कुमार सिंहलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका निरजले उक्त लट्री पठाउन ट्याक्स दिनुपर्छ भन्दै पीडितहरुलाई विभिन्न व्यक्तिहरुको नाममा रहेको बैंक खाता, आइएमई, ई–सेवामा नगद जम्मा गर्न लगाएका थिए । उनी उपर ठगी कसूरमा आवश्यक कारवाही गर्नका लागि महानगरीय अपराध महाशाखमा दर्ता भएको जाहेरी दरखास्त÷निवेदन लागयतका कागजातहरु जिल्ला प्रहरी कार्यालय पर्सा पठाइएको महाशाखाले जनाएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै

सम्बन्धित समाचार