Advertisement
विज्ञापन

४ महिनादेखि सम्पर्कविहीन भएका कुलबहादुर सुनारको शव फेला



Advertisement
विज्ञापन

गुल्मीमा एक जना पुरुष मृत फेला परेका छन् ।

जिल्लाको इस्मा गाउँपालिका वडानम्बर-१ निवासी ५९ वर्षका कुलबहादुर सुनार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) चिरञ्जीवी दाहालले बताए ।


Advertisement
Advertisement

सुनार गत कात्तिक महिनादेखि घर परिवारको सम्पर्कमा थिएनन् । उनी शनिबार स्थानीय भुसकत्ता सामुदायिक जंगलमा मृत अवस्थामा फेला परेको दाहालले बताए ।

घरबाट केही नभनी ४ महिनाअघि हिँडेका सुनारको सबै तिर खोजी गरिंदै आएको थियो । सुनारलाई घाँस काट्न गएका स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेको इस्मा गाउँपालिका वडानम्बर- १ का वडाअध्यक्ष शेरबहादुर कुँवरले बताए ।

मृत फेला परेका सुनारको शव कंकाल मात्रै रहेको छ । उनको उनले लगाएको कपडा र जुत्ताको आधारमा घर परिवारले पहिचान गरेको डिएसपी दाहालले बताए ।

घटनाबारे थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक राजकुमार थापाको कमान्ड प्रहरी खटिएको छ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement