Advertisement
विज्ञापन

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा बुटवल-नुवाकोट वाकाथुन



Advertisement
विज्ञापन

बुटवल । ११५ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शनिबार बुटवलदेखि नुवाकोटसम्म वाकाथुन सम्पन्न भएको छ । वन्डर नेष्ट नामक संस्थाको आयोजनमा बुटवलदेखि नुवाकोटसम्मको ५ किलोमिटर बाटोको यात्रा तय गर्दै विभिन्न खेल तथा सचेतनासहित कार्यक्रम सम्पन्न गरिएको हो । संस्थाकी सञ्चालक नेहा अग्रवालका अनुसार वाकाथुनमा ७० जना बढी महिला, बालबालिका तथा युवाहरुको सहभागिता रहेको थियो । सो क्रममा विभिन्न सचेतनामूलक खेलहरु समेत सम्मन गरिएका थिए । संस्थाकी सञ्चालक निकिता कसजूका अनुसार बुटवलदेखि नुवाकोट पुग्ने क्रममा बीच बाटोका विभिन्न ठाउँमा मनोरञ्जनात्मक खेलहरु समेत आयोजना गरिएका थिए । उक्त खेलमा विजेताहरुलाई नुवाकोट पुगेर सरप्राइज गिफ्ट ह्याम्पर प्रदान गरिएको कसूले जानकारी दिइन् । आयोजक संस्थाकी अर्का सञ्चालक प्रविना घिमिरेका अनुसार श्रमिक महिलाहरुको अधिकार तथा सचेतनाका लागि मात्र नभई स्वास्थ्यका लागि समेत प्रतियोगिता आयोजना गरिएको हो । यो प्रतियोगिताले आन्तरिक पर्यटनलाई समेत प्रोत्सहान गर्ने उनले बताइन् । नुवाकोटमा पुगेपछि सहभागीहरु केवलकारहुँदै पुनः बुटवल फर्किने गरी आयोजकले व्यवस्था गरेको थियो ।


Advertisement
Advertisement

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Ads will close in 8 seconds
Skip Ad