Advertisement
विज्ञापन

रुपन्देही प्रहरीद्वारा चोरीमा संलग्न पाँचजना पक्राउ



Advertisement
विज्ञापन

भैरहवा–

प्रहरीले चोरीमा संलग्न भएको आरोपमा रुपन्देहीमा पाँचजनालाई पक्राउ गरेको छ । बिभिन्न स्थानहरुमा चोरी भएका घटनाहरु सम्बन्धमा जिल्ला प्रहरीका र्यालय र मातहत कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।


Advertisement
Advertisement

पक्राउ पर्नेमा रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नं. २, पकडी बस्ने २५ वर्षीया रामनारायण यादव, सिद्धार्थनगर नगरपालिका वडा नं. ५ बस्ने २८ वर्षीया प्रदीप कान्दु, भारतको महाराजगंज जिल्ला बस्ने १८ वािर्षया शैलेश दुसाद, सोही ठाउँका २३ वर्षका पंकज सिंह र भारतको महराजगंजस्थित नौतनवा बस्ने ३३ वर्षका राहुलकुमार जैसवाल छन् ।

पक्राउ परेका उनीहरुका साथबाट सुन जस्तो देखिने पहेलो धातुको डल्ला १४.१ तोला, चाँदी जस्तो देखिने धातुबाट बनेको खुट्टामा लगाउने पाउजु ४ थान (११ तोला ५३ लाल), भारतीय रुपैयाँ २४ हजार ३९० बरामद भएको प्रहरीले जनाएको छ ।

यस्तै, नेपाली रुपैयाँ ३ हजार ५ सय र बिभिन्न कम्पनीका ४ थान मोबाइल बरामद भएको प्रहरीले जनाएको छ । उनीहरुबारे सुक्ष्म रुपमा अनुसन्धान गर्दै जाने क्रममा चोरी कार्यमा संलग्न रहेको पाइएको दावी प्रहरीको छ । उनीहरु पाँचैजनालाई जिल्ला अदालत रुपन्देहीबाट चोरी कसूर शीर्षकमा ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement