गुल्मीमा विद्यालय हिँडेकी बालिकाको डोजरले ढुंगा पल्टाउँदा किचिएर मृत्यु
२१०६
गुल्मी ।गुल्मीको ईस्मा गाउँपालिका–२ टारमा जेसिबीले पल्टाएको ढुंगाले लागेर ८ वर्षिया बालिका विष्णु कुमालको ज्यान गएको प्रहरीले जनाएको छ ।
छल्दीबाट हस्तीचौर जाने भित्री कच्ची सडक खन्ने क्रममा श्रेष्ठ कन्स्ट्रक्सनको जेसिभीले पल्टाएको ढुंगाले लागेर पालुखा माविमा अध्ययनरत बालिकाले ज्यान गएको हो । जेसिबीचालक मकवानपुर इन्द्रचौर गाउँपालिका– ४ सिस्नेरीका ३६ वर्षीय राजेश रेग्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।