चितुवाको आक्रमणबाट बालकको मृत्यु
१३०४
बर्दियामा चितुवाको आक्रमणबाट एक जना बालकको मृत्यु भएको छ ।
मधुवन नगरपालिका-९, भाटचोकमा चितुवाको आक्रमणबाट बाँके राप्ती सोनारी गाउँपालिका-५ की रचना चलाउनेका साढे छोरा साढे दुई वर्षीय रिहान चलाउनेको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय, बर्दियाका डीएसपी ऋषिराम घर्तीमगरका अनुसार रचना छोरासहित सानी आमा जमुना कँडेलको घरमा पाहुना पर्न गएकी थिइन् । त्यही क्रममा शनिबार बेलुका ७ बजेतिर आँगनमा खेलिरहेका रिहान एकाएक बेपत्ता भएका थिए । रिहान बेपत्ता भएको खबर प्रहरीले पाएपछि प्रहरी र स्थानीयबासीको टोली उनको खोजीमा निस्किएको थियो ।
जमुनाको घरदेखि झण्डै पाँच सय मिटर दक्षिणपूर्व खेतमा राति सवा ९ बजे रिहानको शव फेला परेको थियो । रिहानको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गुलरियामा पठाइएको डीएसपी मगरले जानकारी दिए ।