भैरहवाबाट २० किलो चरेश बरामद
२०९२
भैरहवा । रुपन्देही प्रहरीले भैरहवाबाट लागु औषध चरेश करिब २० किलो बरामद गरेको छ ।
नेपाल प्रहरी र लागु औषध व्युरोको संयुक्त टोली सिद्धार्थनगर–८ लुम्बिनी रोड स्थित चन्द्रसुर्य होटलबाटे उक्त चरेश बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी रंजित सिंह राठौरले एक होटलबाट करिब २० किलो चरेश बरामद भएको पुष्टि गरे उनले घटनामा संलग्न केहीलाई नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेकोे जनाए ।
शुक्रबार विहान प्रहरी टोलीले होटल भित्र लुकाएर राखेको अवस्थामा चरेश बरामद गरेको थियो । चरेश आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
सो घटनामा संलग्न केही नियमन्त्रणमा लिएको छ भने केही फरार रहेको छ ।