Advertisement
विज्ञापन

बुढानीलकण्ठस्थित अनलाइन जुवा अखडाबाट ८८ वटा मोबाइल बरामद, ३ अर्बको कारोबार



Advertisement
विज्ञापन

काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–३ स्थित अनलाइन जुवा अखडामा छापा मारेर प्रहरीले ८८ वटा मोबाइल बरामद गरेको छ । ८८ वटा मोबाइल र १० वटा ल्यापटप बरामद गरेर कारोबार यकिन गर्ने काम भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी विश्व अधिकारीले रातोपाटीलाई बताए ।आइतबार राति दोर्जी लामाको दुई तले घरमा अनलाइन जुवा सञ्चालन गरिरहेको अवस्थामा भारतीय नागरिकहरू पक्राउ परेका थिए । पक्राउ पर्नेमा २३ जना छन् । अनलाइन जुवा सञ्चालकले उनीहरू सो घरमा खाने र बस्ने सुविधा प्रदान गरेको भेटिएको छ ।प्रारम्भिक अनुसन्धानबाट करिब ३ अर्बको कारोबार गरेको भेटिएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । घटनास्थलबाट ८१ हजार नगद बरामद गरिएको छ । पक्राउ परेकाहरू विरुद्ध सट्टेबाजी गर्न नहुने कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान गरिने एसएसपी अधिकारीले जानकारी दिए । उनले भने, ‘बरामद गरिएका मोबाइलमा फेला परेका तथ्याङ्क एनालाइसिस गर्दैछौं ।’आरोपीहरू लोटस एप प्रयोग गरेर अनलाइन जुवा सञ्चालन गरेका हुन् । अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्, ‘क्यासिनो प्रकृतिको जुवा सञ्चालन गरेर अर्बौँ कारोबार गरेको देखिन्छ ।’


Advertisement
Advertisement

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Ads will close in 8 seconds
Skip Ad