Advertisement
विज्ञापन

कपिलवस्तुमा नक्कली सीआईडी बनेर ठगी गर्ने दुईजना पक्राउ



Advertisement
विज्ञापन

जितपुर ।

आफूलाई प्रहरीको सीआईडी भन्दै ठगी गर्ने दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वाणगंगा नगरपालिका–२ का ३२ वर्षीय ऋषिराम घिमिरे र कप्टैयाका जीवन थापा रहेका छन् ।


Advertisement
Advertisement

उनीहरूले इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको सीआईडी भएको भन्दै एक स्थानीयको घर खानतलासी गर्नुपर्छ भनी १७ हजार रुपैयाँ असुलेर फरार भएका थिए ।

घटनाबारे जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको टोलीले वाणगंगा नगरपालिका–२ राजपुरस्थित खेलमैदानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो । हाल दुवैजनालाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Ads will close in 8 seconds
Skip Ad