बुटवलमा टिपरकाे ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
१५२५
बुटवल । बुटवलको नेपालगन्ज रोडमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ। बुटवलबाट पश्चिमतर्फ आँदै गरेको लु २ ख ३३३६ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको लु १ प १५२८ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकल चालक रुपन्देही तिलोत्तमा नगरपालिका–१६ बस्ने ४६ वर्षका उमेश भण्डारीको मृत्यु भएको हो ।टिप परको ठक्करबाट गम्भीर घाइते उनको मृत्यु भएका इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी विजयराज पण्डितले बताए । ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिइएको पण्डितले बताए ।