Advertisement
विज्ञापन

रवि लामिछाने आज रुपन्देही अदालतमा उपस्थित हुँदै



Advertisement
विज्ञापन

काठमाडौं । सहकारीको सञ्चालक, व्यवस्थापक, कर्मचारी, बचतकर्ता वा ऋणी केही भएको प्रमाण नभए पनि मुद्दामाथि मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भैरहवा पुगेका छन् । बुटवलको सुप्रिम सहकारी मुद्दामा प्रतिवादी बनाइएका उनी बुधबार रुपन्देही जिल्ला अदालतमा हाजिर हुन मंगलबार काठमाडौंबाट आइपुगेका हुन् । सरकारी वकिल कार्यालयले सुप्रिमको मुद्दामा आइतबार रविसहित १४ जनाविरुद्ध पूरक अभियोग दर्ता गरेको थियो । सुरुमा उक्त सहकारीको बचत अपचलन गरेको अभियोगमा २२ जनाविरुद्ध मात्र सहकारी ठगी मुद्दा दर्ता गरिएकोमा रविसहितको नाम जोडिएपछि संगठित अपराधसमेत गरी पूरक अभियोग लगाइएको हो । तर, थप कुन प्रमाण भेटिएका कारण पूरक अभियोग दायर गरिएको भन्ने केही आधार देखिएको छैन । लामिछानेको नाममा नक्कली ऋणी खडा गरी सुप्रिम सहकारीबाट दुई करोड रुपैयाँ गोर्खा मिडियामा लगिएको आरोप सम्बन्धमा संसदीय छानबिन विशेष समितिले छानबिन गरेको थियो । समितिले यसमा लामिछानेको संलग्नता नदेखिएको जनाएको थियो । तर, अहिले सोही ऋणलाई बिगो बनाएर अभियोग लगाउनु राजनीतिक प्रतिशोध भएको रविपक्षीय कानुन व्यवसायीहरूको आरोप छ ।

‘सुप्रिमको सुरु मुद्दा दायर गर्दा पनि यो दुई करोड ऋण रवि लामिछानेकै नाममा देखाइएको थियो । तर, त्यतिवेला उनलाई किन प्रतिवादी बनाइएन ? अहिले किन बनाइयो ? अनुसन्धान र अभियोजन लहडबाजीमा गर्ने त होइन होला ?’ रविका कानुन व्यवसायीको प्रश्न छ ।


Advertisement
Advertisement

लामिछानेले भैरहवामा आएपछि मंगलबारै कानुन व्यवसायीसँग परामर्श गरेका छन् भने कार्यकर्ता र समर्थकसँग पनि भेट गरेका छन् । समर्थकलाई उनले अदालतलाई प्रभाव पार्ने खालका गतिविधि नगर्न आग्रह गरे । ‘हामी कानुनलाई विश्वास गर्छौँ, अदालतको बहसलाई प्रभाव पार्ने खालका केही गतिविधि नगर्नुहोला,’ रविको भनाइ उद्धृत गर्दै रास्वपाका एक नेताले भने । लामिछाने अदालतमा उपस्थित भएपछि सम्भवतः बुधबारबाटै थुनछेक बहस हुनेछ । थुनछेक बहसपछि न्यायाधीशले पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटी वा साधारण तारेखमा छाड्नेबारे आदेश दिनेछन् ।

लामिछाने यसअघि काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको मुद्दामा पनि आफैँ काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए । उनलाई अदालतले ६० लाख धरौटीमा छाडेको थियो । त्यसअघि सूर्यदर्शन सहकारीको मुद्दामा कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा रिहा गरेको थियो ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Ads will close in 8 seconds
Skip Ad