Advertisement
विज्ञापन

तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा आमा छोराको मृत्यु



Advertisement
विज्ञापन

काठमाडौं । तनहुँको व्यास नगरपालिका–१२ बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।मोटरसाइकल दुर्घटनामा ज्यान गुमाउने आमाछोरा भएको खुलेको छ ।मृत्यु हुनेमा मोटरसाइकल चालक तनहुँकै ऋषिङ गाउँपालिका– ६ चालिसे घर भई हाल व्यास नगरपालिका–५ पाटन बस्दै आएका १९ वर्षीय सन्दीप आले र मोटरसाइकलको पछाडि सवार उनकी आमा ४० वर्षीया मधुमाया आले हुन् ।

दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको गण्डकी प्रदेश०३–००१प०३१० नम्बरको मोटरसाइकल हुस्सु लागेको बेला तीव्र गतिमा चलाउँदा दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ ।


Advertisement
Advertisement

तीव्र गतिको मोटरसाइकल आफैँ अनियन्त्रित भएर सडकको बायाँ साइटको कल्भर्टमा ठोक्किएर झण्डै आठ मिटर तल खसेको देखिन्छ ।

मृतकको शव प्रहरीले पोस्ट मार्टमका लागि अस्पताल लगेको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेका छ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Ads will close in 8 seconds
Skip Ad