Advertisement
विज्ञापन

बाइडेन प्रशासनका ७८ निर्णय ट्रम्पले गरे रद्द



Advertisement
विज्ञापन

वासिङ्टन डीसी । अमेरिकामा डोनाल्ड ट्रम्पले ४७ औँ राष्ट्रपतिको रूपमा शपथ लिएका छन् । शपथ लिने बित्तिकै ट्रम्पले ओभल अफिसमा धेरै कार्यकारी कार्यहरूमा हस्ताक्षर गरेर पत्रकारहरूको  प्रश्नका जवाफ पनि दिए । यस क्रममा विदेश नीतिको बारेमा बोल्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेश नीतिमा आफ्नो प्राथमिकता अमेरिकालाई सुरक्षित राख्नु हुने बताए।अमेरिकी राष्ट्रपतिको रूपमा शपथ लिएको केही घण्टामै ट्रम्पले धेरै कार्यकारी आदेशहरूमा हस्ताक्षर गरे । उनले जो बाइडेन प्रशासनका ७८ निर्णयहरू खारेज गरे । यससँगै अमेरिकाले पेरिस जलवायु सम्झौताबाट बाहिरिने घोषणा पनि गरेका छन् । सेना र केही अन्य आवश्यक क्षेत्रहरू बाहेक सबै सङ्घीय भर्नाहरू पनि रोकेका छन् । यति मात्र होइन, ट्रम्पले अमेरिका–मेक्सिको सीमामा अवैध आप्रवासनलाई राष्ट्रिय आपतकाल घोषणा गरे । उनले  अमेरिकामा विदेशी गिरोह सदस्यहरूलाई लक्षित गर्न १७९८ को एलियन एनिमीज एक्ट लागू गर्ने योजना पनि घोषणा गरे । यो कानुनी अधिकार अन्तिम पटक दोस्रो विश्वयुद्धको समयमा जापानी, जर्मन र इटालियन मूलका गैर-नागरिकहरूलाई नजरबन्द शिविरहरूमा थुन्न प्रयोग गरिएको थियो । राष्ट्रपति बन्ने बित्तिकै, ट्रम्पले जनवरी ६ को हिंसाको लागि दोषी ठहराइएका आफ्ना समर्थकहरूलाई माफी दिएका छन् । ट्रम्पले जनवरी ६, २०२१ को हिंसाका दोषीहरूलाई माफी दिइने वाचा गरेका थिए ।ट्रम्पको शपथ ग्रहण समारोहमा धेरै पूर्व राष्ट्रपतिहरू र सर्वोच्च अदालतका न्यायाधीशहरू, ट्रम्पको सम्पूर्ण मन्त्रिपरिषद्, उनको परिवारका सबै सदस्यका साथै धेरै देशका शीर्ष प्रमुखहरू पनि थिए । समारोहमा ठुला प्रविधि कम्पनीहरूका दिग्गजहरू पनि उपस्थित थिए ।


Advertisement
Advertisement

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Ads will close in 8 seconds
Skip Ad