Advertisement
विज्ञापन

नेकपा माओवादी केन्द्र धुर्काेट गाउँ कमिटीको तेस्रो अधिवेशन शनिबार हुँदै



Advertisement
विज्ञापन

बासुदेव पोखरेल, गुल्मी । नेकपा माओवादी केन्द्र धुर्कोट गाउँ कमिटीको तेस्रो अधिवेशन यही माघ ५ गते धुर्कोट गाउँपालिकाको केन्द्रमा आयोजना हुने भएको छ । अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको गाउँ कमिटी अध्यक्ष चेतमान कुँवरले जानकारी दिनुभएको छ ।


Advertisement
Advertisement

कार्यक्रममा प्रमुख अतिथिका रूपमा पूर्व ऊर्जा मन्त्री तथा माओवादी केन्द्रकी केन्द्रीय उपाध्यक्ष पम्पा भुसालले सम्बोधन गर्नुहुनेछ। साथै, लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बराल, प्रदेश तथा जिल्ला स्तरका नेताहरूको समेत उपस्थिति रहनेछ । गाउँ कमिटीको नयाँ नेतृत्व चयन गर्ने उद्देश्यले आयोजना गरिएको यो अधिवेशनले पार्टीको सांगठनिक सुदृढीकरण र आगामी कार्यदिशा तय गर्नेछ।
अध्यक्ष कुँवरले अधिवेशनले स्थानीय विकास, राष्ट्रिय राजनीति, र संगठनको सुदृढीकरणका लागि ठोस प्रस्तावहरू पारित गर्ने विश्वास व्यक्त गर्नुभएको छ । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति गुल्मीका सदस्य राजन पोखरेलले अधिवेशनका तयारीबारे जानकारी गराउँदै यसले संगठनलाई नयाँ ऊर्जा दिने र धुर्कोट गाउँपालिकाको राजनीतिक सक्रियतालाई थप मजबुत बनाउने बताउनुभएको छ ।
स्थानीय स्तरमा अधिवेशनलाई लिएर उत्साह देखिएको छ । विभिन्न वडाका कार्यकर्ता र स्थानीयवासी सहभागी हुने जिल्ला समन्वय समितिका सदस्य पोखरेलले जानकारी दिनुभयो । कार्यक्रमले धुर्कोट गाउँपालिकाको राजनीतिक र सामाजिक विकासमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ ।
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Ads will close in 8 seconds
Skip Ad