Advertisement
विज्ञापन

गुल्मीमा महिलाहरूलाई कानुनी साक्षरता प्रदान



Advertisement
विज्ञापन

गुल्मी । महिला विकास मन्च गुल्मीको आयोजनामा महिला अधिकार, कानुनी ब्यवस्था र कार्यान्वयन विषयक अन्तरक्रिया कार्यक्रम तम्घासमा सम्पन्न भएको छ । १६ दिने महिलाहिंसा बिरुद्धको अभियानको सन्दर्भमा कार्यक्रमका सहभागीहरुले हिंसा पीडित महिलाहरूको पुनर्स्थापनामा राज्य जिम्मेवार बन्नुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा गुल्मी जिल्ला अदालत बार एशोसियसन गुल्मीका अध्यक्ष अधिवक्ता गोपालप्रसाद खनालले मुलुकी देवानी संहिता २०७४ ले महिला अधिकारको क्षेत्रमा गरेका मुख्य ब्यवस्था र जिल्ला सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता मीना थापाले मुलुकी फौजदारी संहिता २०७४ का कानुनी ब्यवस्था र कार्यान्वयनका विषयमा सहजीकरण गरेका थिए। कार्यक्रममा बोल्दै प्रमुख अतिथि रेसुङ्गा नगरपालिका गुल्मीका उपप्रमुख अमृतादेवी कुवरले हिंसा न्यूनीकरणमा सबै पक्ष एकजुट भएर लाग्नुपर्ने बताइन्उ ।नले पछिल्लो समय बालिका तथा किशोरीहरु हिंसाबाट बढी मात्रामा पीडित भएकोले उनीहरूको सुरक्षा र समुदायको सचेतना बढाउनुपर्नेमा जोड दिइन् ।
जिल्ला समन्वय समिति गुल्मीका सदस्य सुनिता कुँवर , नेपाल महिला संघ गुल्मीका अध्यक्ष लक्ष्मी पाण्डे, रेसुङ्गा नगरपालिका वडा नम्बर ९ का वडासदस्य जुना विश्वकर्मा, महिला अधिकारकर्मी सीता भुसाल, कमला बराल लगाएतले नेतृत्वमा रहेका महिलाहरूको क्षमता विकासका लागि कार्यक्रम प्रभावकारी रहेको बताए। कानुनको अनभिज्ञता क्षम्य नहुने भएकोले सामाजिक, राजनीतिक नेतृत्वमा रहनुभएका महिलाहरुको कानुनी सचेतना अभिवृद्धिका लागि कार्यक्रमको आयोजना गरिएको महिला बिकास मन्च गुल्मीका अध्यक्ष अधिवक्ता हीरा कुँवरले बताइन्। कार्यक्रम मन्चका सदस्य बिन्दु पन्थीको स्वागत तथा सचिब भगवती श्रीसको सन्चालनमा सम्पन्न भएको थियो ।


Advertisement
Advertisement

 

 

 

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Ads will close in 8 seconds
Skip Ad