अर्घाखाँचीको छत्रदेवमा बजार अनुगमनलाई तीव्रता
अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले बजार अनुगमनलाई तीव्रता दिएको छ ।गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डेको नेतृत्वमा बजार अनुगमनलाई तीव्रता दिइएको हो ।
प्रमुख प्रशासकीय अधिकृत पाण्डेको नेतृत्वमा गाउँपालिका भित्रका वार्ड नं. ५ र ६ का विभिन्न पसल तथा होटलहरुमा अनुगमन गरिएको छ।
आइतबार होटल, गल्ला किराना, फेन्सी-कपडा, फलफूल तथा मासु पसल लगायतका पसलहरुमा अनुगमन गरिएको प्रमुख प्रशासकीय अधिकृत पाण्डेले जानकारी दिए ।
पाण्डेका अनुसार अनुगमनको क्रममा केही पसलहरु दर्ता नगरी सञ्चालन गरिएको, पसलहरुमा म्याद गुज्रेका खाद्य सामाग्रीहरु राखिएको भेटिएको थियो ।
यसरी दर्ता नगरी सञ्चालन गरेका व्यवसायीहरुलाई ७ दिन भित्र दर्ता गर्न आग्रह गरिएको छ । त्यस्तै, म्याद गुज्रेका सामाग्रीहरुलाइ नष्ट गरिएको छ।