Advertisement
विज्ञापन

सत्यवती मेलाः दर्शालु तथा भक्तजनको थामिनसक्नुको घुइँचो



Advertisement
विज्ञापन

पाल्पाको तिनाउ गाउँपालिका–४ सत्यवती ताल तथा मन्दिरमा जारी सत्यवती मेलामा आज दर्शालु तथा भक्तजनको घुइँचो थामि नसक्नु भएको छ ।  अहिले सत्यवति मन्दिर तथा मेलाको दर्शन गर्नेहरुको तलै बाटैदेखि भिड लागेको छ । कार्तिक शुक्ल पूर्णिमाको अवसर मनाइने मेलामा विशेष गरी आज राती सत्यवती बजैसँग चिच्याएर वर माग्ने तथा पूजापाठ गर्ने प्रचलन रहेको छ ।

यही कार्तिक २७ गतेदेखि सुरु भएको मेलामा २ दिनको अबधिमा ४० हजार बढी भक्तजनले दर्शन गरेको सत्यवती ताल तथा मन्दिर बिकास समितिका अध्यक्ष दानबहादुर गाहाले दाबी गरे । विहिबारको राती मुख्य दिन भएकाले करिब १ लाख भक्तजनले दर्शन  गरेको उनले बताए । आज (पूर्णिमा) सम्म सञ्चालन हुने मेलाका लागि सहज पहुँचका लागि यातायात तथा सुरक्षा व्यवस्थालाई विशेष ध्यान दिइएको र सोचे भन्दा धेरै दशर्नार्थी आउँदा भिड व्यवस्थापन गर्न समेत कठिन भएको अध्यक्ष गाहाले बताए ।


Advertisement
Advertisement
Advertisement

परम्परादेखि नै यहाँ चिच्याएर बर माग्ने अनौठो मेला लाग्ने गर्दछ । यस वर्ष जोग परेका कारण विगतका वर्षभन्दा भक्तजनको सङ्ख्या बढी भएको उनले बताए । तिहारपछिको पूर्णिमामा सत्यवती मेला लाग्ने गर्दछ भने उक्त पूर्णिमा कार्तिक महिनाभित्र परेमा जोग परेको मानिने प्रचलन रहेको छ । उक्त प्रचलन अनुसार जोग परेको समयमा मन्दिरमा पूजा गरेर वर मागेमा सत्यवती बजैले पूरा गरिदिने जनविश्वास रेहेको छ । परापूर्व कालमा सत्यवती बज्यै घना जङ्गलकोबीचमा आई तपस्या गरेपछि शक्ति प्राप्त गरेको किमबदन्तीमा उल्लेख छ ।

सत्यवती बज्यै कानले नसुन्ने बहिरी भएकाले भक्तजनले सत्यवती ताल नजिकै पुगेर चिच्याएर मनमा चिताएको बर मागेमा बज्यैले पूरा गरिदिने जनविश्वास रहेको छ । यही विश्वासका कारण यहाँ हरेक वर्ष तिहारपछिको पूर्णिमामा मेलामा हजारौँ भक्तजन बर माग्ने मेलामा सहभागी हुने गर्दछन् ।

बर माग्ने भक्तजनले बाँस, निगालो, साल आदि जातका लिङ्गो लिएर रातिको समयमा तालमा गाड्ने र आफूले गाडेको लिङ्गो भोलिपल्ट चिनेर त्यही पूजा गरेपछि घरमा फर्कने परम्परा रहेको छ । ताल नजिकै रहेको मन्दिरमा बोका, पाठी लगायतको बली चढाउनुका साथै परेवा उडाउने प्रचलन रहेको छ ।यहाँ परापूर्व कालदेखि नै बर माग्नका लागि नेपालका विभिन्न जिल्लासहित भारतबाट समेत भक्तजन आउने गरेको स्थानीयहरु बताउँछन् ।

 

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad