Advertisement
विज्ञापन

सिद्धार्थनगरद्वारा कृषकलाई उन्नत गहुँको बीउ बितरण



Advertisement
विज्ञापन

रूपन्देहीको सिद्धार्थनगर नगरपालिकाले कृषकहरूलाई उन्नत गहुँको बिउ बितरण सुरु गरेको छ ।

नगरपालिकाले पचास प्रतिसत अनुदानमा कृषकलाई उन्नत गहँको बिउ बितरण सुरु गरेको हो । जात नखुलेका बिउ बिजक प्रयोगबाट हुने नोक्सानी कम गरी कृषकको आयबृद्धी गर्ने उद्देश्यले बिउ बितरण गरीएको सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख ईस्तियाक अहमद खाँले जानकारी दिए ।


Advertisement
Advertisement
Advertisement

बजारमा पाईने कमसल खालका बिउ लगाउँदा दाना नलाग्ने, उत्पादन कम हुने जस्ता समस्या कम गर्न र उन्नत बिउ प्रयोगमा कृषकलाई आकर्षीत गर्न कृषकको माग बमोजिम नेपालमै बनेको उन्नत बिउ बितरण गरीएको उनले बताए । कृषकको कृषी योग्य जमीनको आधारमा कम्तीमा १ बोरा र थप आवश्यकताको आधारमा बिउ बितरण गर्न लागिएको हो ।

नगरपालीकाका कृषि शाखा प्रमुख योगेन्द्र प्रशाद यादवका अनुसार बितरणको लागि कृषि सामग्री कम्पनीबाट आठसय बोरा मल ल्याईएको छ । ४० किलोको एक बोरालाई ३ हजार ४ सय रूपैया पर्छ, भने यसमा नगरपालीकाले कृषकलाई १ हजार ७ सयमा दिएको छ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad