Advertisement
विज्ञापन

कृषि यन्त्रको प्रयोगले खेतीपाती सहज



Advertisement
विज्ञापन

दाङ।दाङको घोराही उपमहानगरपालिका –७ का विकास चौधरीले २० कठ्ठा जमिनमा धान खेती गरेका थिए । रोपाइ गर्दा खेताला पाउन मुस्किल परेपछि धान काट्न मेसिनको सहायता लिनुपरेको छ  । उनले धान काट्ने मेसिनको सहयोगमा धान काट्े र थ्रेसरको सहयताले दाइ लगाए । उनले भने, ‘खेताला पाउन मुस्किल भएको समयमा कृषि यन्त्रको सहायताले खेती स्याहार्दा सजिलो भयो ।’ १० कठ्ठा खेतको धान काट्न एक घण्टा लाग्दो रहेछ मेरो २० कठ्ठा खेतमा धान थियो दुइ घण्टामा सकियो । पछिल्लो समय खेतबारीमा काम गर्नलाई खेताला पाउन मुस्किल हुने गरेको उनले बताए ।  रोपाइँ गर्दा पनि पावरटेलरको सहायताले खेती गरेको सजिलो भयो । गोरुले जोतेर खेती गर्दा समय लाग्ने गरेको थियो । तर अहिले पावर टे«लरले जोतेर खेती गर्दा सजिलो भएको छ । करिब एक महिनासम्म लाग्ने गरेको खेती सात दिनमै सकिन्छ । प्रविधिको सहयोगले गर्दा थोरै जनशक्तिबाट धेरै काम गर्न सकिने उनको भनाइ छ ।

घोराही उपमहानगरपालिका– ६का किसान निमा डाँगीले १० कठ्ठा जमिनमा धान खेती गरेकी थिइन् । उनले कृषि यन्त्र प्रयोग गरेर खेती गर्ने र स्याहार्ने गर्दै आएकी छन् । खेती गर्नलाई जनशक्ति छैन,खेती स्याहार्न धेरै समय लाग्ने भएकाले कृषि यन्त्रको सहयोग लिने गरेको उनले बताइन् । समयको वचत र छिटो हुने भएकाले कृषि यन्त्रको प्रयोग गरेको बताइन् । गोरु र राँगाको सहयताले दाई लगाउदा महिना दिन लाग्ने गर्दथ्यो अहिले एक,दुई दिनमा सकिन्छ ।  दाङका किसान खेती गर्नका लागि गोरु तथा राँगाको ठाउँमा पछिल्लो समय पावर ट्रेलर, ट्याक्टर, मिनीट्रेलर प्रयोग गर्ने गरेका छन् ।


Advertisement
Advertisement
Advertisement

घोराही उपमहानगरपालिका –६ क्वाडिका रमेश चौधरीले धान काट्ने मेसिन खरिद गरेका छन् । विगत दुइ वर्ष देखि उनले आफ्नो धान काटिसकेपछि अरु धान काटेर पैसा कमाउने गरेको बताए । एक घण्टा धान काटेको दुइ हजार रुपैया आम्दानी हुन्छ,अरुको काट्दा राम्रो कमाइ हुने गरेको उनले बताए ।  कृषि यन्त्रको खोजी गर्ने भएकाले दैनिक आठ,दश घण्टा काम गर्दा २० हजार जती आम्दानी हुने गरेको उनले बताए । कृषिमा आधुनिक प्रविधिका औजारहरू भित्रिएसँगै धेरै किसानहरूले कृषि यन्त्रको  प्रयोग गर्ने गरेको उनको भनाइ छ ।

कृषि ज्ञान केन्द्र दाङका कृषि अर्थविज्ञ पृथ्बीराज लामिछाने परम्परागत शैलीमा खेतीपाती गर्ने किसानहरू पछिल्लो समय प्रविधितर्फ आकर्षित भएको बताए । उनी भन्छन् ‘जिल्लामा पछिल्लो समय खेतीका लागि कृषि यन्त्रको प्रयोग बढेको छ । धेरै जसो किसानहरूले गोरु–राँगा पाल्न छोडेर खेतीका लागि यन्त्रको प्रयोग गर्दै आएका छन् ।’ जिल्लाका अधिकांश ठाउँमा खेत जोत्न र दाइ लगाउन प्रविधिको प्रयोग बढेको उनले बताए । गोरु र राँगाको भरमा खेती गर्दै आएका किसान प्रविधिमा जोडएसँगै थोरै किसानले धेरै खेती गर्न सक्ने भएको उनको भनाइ छ ।

स्थानीय सरकारले पनि कृषिलाई व्यवस्थित गराउने योजना अघि सार्दै कृषकलाई विभिन्न खाले अनुदान दिँदै आएको घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले बताए । परम्परागत रूपमा खेती गर्दै आएका किसानहरूलाई  प्रविधिमैत्री बनाउनका लागि ५० प्रतिशत अनुदानमा कृषि यन्त्र बितरण गर्ने गरेको उनले बताए । कृषि यन्त्रको प्रयोगले किसानको लागत सहभागिता घट्नुका साथै आम्दानीमा बृद्धि भएको छ । परम्परागत खेती प्रणालीमा सुधार ल्याउदै व्यावसायीक खेतीलाई प्रोत्साहन गर्ने उद्देश्यले कृषि यन्त्र बितरणलाई जोड दिएको मेयर चौधरी जानकारी दिए ।।।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad