Advertisement
विज्ञापन

‘खर्ब बढी लगानीमा उद्योगीप्रति सरकारको वेवास्ता’



Advertisement
विज्ञापन

नवलपरासी ।जिल्लाभित्र औद्योगिक क्षेत्रमा एक बर्षमा झण्डै एक खर्ब भन्दा बढि लगानी भएपनि उद्योगप्रति स्थानीय सरकार देखि प्रदेश र संघीय सरकार उदासिन बनेको आरोप उद्योगीहरूको रहेको छ । औद्योगिक क्षेत्रमा लगानी गरिने जिल्ला अग्रस्थानमा रहेको तर सरकारीस्तरबाट उद्योगमैत्री वातावरण बन्न नसकेको उद्योग बाणिज्य संघ लुम्बिनीका पूर्व संयोजक गुणनीधि तिवारीले बताए ।
विगत बर्षदेखि नै आफू नवलपरासी जिल्लालाई उद्योगको लगानी गर्ने रोजाई बनाउन लागि परेको तर स्थानीय तहहरूले त्यसलाई अवसरको रूपमा लिन नसकेको उनको भनाइ थियो । अन्य स्थानमा उद्योग नहुँदा उद्योग स्थापनाका लागि पहल भई रहेका छन्, उनले भने, तर यो जिल्ला अझ रामग्राम नगरपालिकामा उद्योग स्थापनाका लागि आकर्षण बनेको छ । तर नगरपालिकाले औद्योगिक क्षेत्रको घोषणा गरि उद्योगसँग सहकार्य गरि आर्थिक विकासमा लाभ लिन नसकेको उनले जनाए । स्थानीय तहका जनप्रतिनिधि तथा राजनीतिक दलका नेताहरू पनि बेला बेला उद्योग प्रति आक्रोस पोख्ने तर उद्योगका समस्या बुझेर विकासमा सहयात्री बनाउन सकेको छैन् ।

नेपालमा राइसमिल उद्योगमा मात्रै ७ हजार करोड लगानी भएका छन्, उनले थपे,जस्मा नवलपरासीमा मात्रै अर्ब लगानी भएका तिनवटा स्टिम चामल उत्पादन गर्ने ठूला उद्योग छन् । राईसमिलले मात्रै २० हजार जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरेको छ । तर सरकारले नेपालका उद्योग र किसान डुबाउने गरि किसानले धान काटेर बिक्री गरिदिइने बेला भारतबाट चामल आयात खुल्ला गरिदिएको छ । यसले किसान र उद्योग दुबैलाई घाटा भएर डुब्ने अवस्था ल्याउँछ । विगत बर्षमा पनि नेपाल राष्ट्र बैंकले लुम्बिनी प्रदेशमा गरेको अध्ययन अनुसन्धानको प्रतिवेदन अनुसार औद्योगिक क्षेत्रका लागि उर्वर भूमि रहेको हुँदा सो लगानी भएको उनको भनाइ थियो ।


Advertisement
Advertisement

लुम्बिनी प्रदेशका १२ वटै जिल्ला मध्ये उद्योग दर्ता गराउने जिल्ला दोश्रो स्थानमा भएपनि औद्योगिक लगानीमा बैंक तथा वित्तिय संस्था उदासिन देखिएका छन् । उद्योग दर्ता तथा स्थापनामा यो जिल्ला लुम्बिनी प्रदेश भित्र दोश्रो स्थानमा देखिएको तर बैंक तथा वित्तिय क्षेत्रको लागनीमा चौथो स्थानमा देखिदा औद्योगिक लागनीमा बैंक तथा वित्तिय सस्थाको उदासिनता रहेको देखिएको उनको भनाई थियो । जिल्ला औद्योगिक सम्भावना बोकेको जिल्ला हो,तर औद्योगिक कर्जा प्रवाहमा बैंक र वित्तिय सस्थाको उदासिनताले उद्योगी ब्यवसायीमा निरासा देखिएकोमा उनले दुखेसो पोखका थिए ।

औद्योगिक कर्जा लगानीमा बैक तथा वित्तिय संस्थाको उदासिनताबारे नेपाल राष्ट्र बैंकले नै गरेको अनुसन्धान प्रतिवेदनमा उल्लेख भएको बताउँदै यसका लागि राष्ट्र बैंकले वित्तिय संस्थालाई निर्देशन दिइनुपर्ने कुरा औंल्याएका थिए । नेपाल राष्ट्र बैंकद्वारा गरिएको लुम्बिनी प्रदेशको आर्थिक गतिविधि अध्ययन प्रतिवेदन २०७८/०७९ को प्रतिवेदन अनुसार नवलपरासीमा सबैभन्दा बढि रूपन्देही जिल्लामा २ सय ७६ वटा उद्योग दर्ता भएको थियो । ती उद्योगमा ५९ अर्ब ९१ करोड ७८ लाख २० हजार पुँजी लगानी भएका छन् । २४ हजार ६ सय ६१ जनाले रोजगारी पाएका छन् ।

त्यसै गरि नवलपरासीमा १ सय ७७ वटा उद्योग दर्ता भएका छन् । त्यसमा ९५ अर्ब २२ करोड ८२ लाख पुँजी लगानी भएका छन् । ती उद्योगले १७ हजार ४ सय सत्तरी जनालाई रोजगारी प्रदान गरेको छ । तर औद्योगिक कर्जा तर्फ हेर्ने हो भने पहिलो स्थानमा बैंक र वित्तिय संस्थाले सबैभन्दा बढि रूपन्देहीमा ६१.८३ प्रतिसत लगानी गरेका छन् । दोश्रोमा बाँके जिल्लामा १६.२२ प्रतिसत, तेश्रो स्थानमा दाड्ड जिल्लामा ५.९९ प्रतिसत र नवलपरासी चौथो स्थानमा ५.७५ प्रतिसत बैक कर्जा लगानी भएका छन् ।
नवलपरासीमा बैंक तथा वित्तिय संस्थाले लगानी बढाउने र सरकारले पनि उद्योगलाई प्रोत्साहन गर्ने हो भने औद्योगिक विकासका लागि ठूलो सम्भावना बोकेको जिल्ला हो । तर सरकारले पनि त्यो सम्भावनाको खोजी गरेको छैन् । नवपरासी भारतको उत्तर प्रदेश र विहार प्रदेशसँग पनि नाका जोडेको जिल्ला हो । लुम्बिनी प्रदेशको पूर्वी सिमावती क्षेत्र भएकोले धेरै उद्योग नवलपरासीमा लगानी गर्न आकर्षित छन् । तर वित्तिय क्षेत्रको उदासिनता र सरकारी वेवास्ताले ओझेलमा परेको छ । कषि क्षेत्रमा पनि विविधता बोकेको यो जिल्ला कृषि जन्य कच्चा पदार्थमा आधारित उद्योग स्थापना गर्न सकिने धेरै आधारहरू भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

स्थानिय कच्चा पदार्थमा आधारित उद्योग स्थापना भए भने त्यसले किसान र कृषि उपजले पनि मुल्य पाउने छन् । स्थानिय स्तरमा रोजगारीले यहाँका अर्थतन्त्रलाई सबल बनाउने छ । यसका लागि नवलपरासीको दिर्घकालिन रूपमा योजना बनाउन आवश्यक देखिएको छ । जिल्लाको सडक सञ्जालले पनि औद्योगिक विकासलाई मद्दत पुरयाउने हुदा जिल्लाका प्रमुख सडकलाई स्तरोन्नती आवश्यक छ । पूर्व पश्चिम महेन्द्र राजमार्ग, हुलाकी राजमार्ग, नेपाल गण्डक पश्चिमी नहर सडक, महेशपुर भन्सार नाकासँग जोडिएका उत्तर दक्षिण आधा दर्जन सडकले जिल्ला भरि औद्योगिक क्षेत्रको विकास गर्नमा ठूलो योगदान पुर्याएको छ । ति सबै सडकमा विद्युत प्रशासरण लाईन पनि विस्तार गर्दै लागिएमा उद्योग स्थापना हुन सक्छ । विद्युतका लागि पनि पाँच प्रकारका विद्युतको उपलब्धता भएर विद्युतको बहुविकल्प भएको जिल्लाका कारण पनि उद्योगको आकर्षण बढ्दै गएको छ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Ads will close in 8 seconds
Skip Ad