‘पूर्णबहादुरको सारङ्गी’को कथा आफ्नो उपन्याससँग मिलेको लेखकको आरोप, दिए ९ आधार
काठमाडौं।लक्ष्मीपूजाको अवसरमा प्रदर्शनमा आएको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ ले बक्स अफिसमा उल्लेखनीय व्यापार गरिरहेको छ । फिल्मले दर्शकको मन जित्दै शोको संख्या र उपस्थिति दुबैमा नयाँ रेकर्ड बनाएको छ ।
बिहान ५ बजेदेखि साँझ ११ बजेसम्मका सबै शोमा टिकटको अत्यधिक मागले यसलाई सफलताको अर्को स्तरमा पुर्याएको छ । सरोज पौडेलले निर्देशन र लेखन गरेको यस फिल्मको कथा दर्शकलाई भावुक बनाइरहेको छ । निर्देशक पौडेलले आफ्नो बुबाको निधनपछि महसुस गरेका अनुभवलाई फिल्मको कथामा प्रतिबिम्बित गरेको बताएका छन् ।
तर, फिल्मको सफलता बीच यसले साहित्यिक चोरीको आरोप पनि खेप्नु परेको छ । उपन्यासकार डा. शिवशंकर बस्यालले आफ्नो २०२० मा प्रकाशित उपन्यास ‘सङ्ग्रामपुर’को कथा फिल्मसँग मिलेको दाबी गरेका छन् । उनले फेसबुकमा पोस्ट गर्दै फिल्म र उपन्यासबीच कथाका थुप्रै बुँदाहरू समान रहेको दावी गरेका छन्।
बस्यालले फिल्मका दुई पात्र पूर्णबहादुर र कमल उपन्यासका रूपमान र समीरसँग मिलेको, दुवैमा बिछोडको प्रसङ्ग, र दुवै कथामा पिताको दबाबमा छोरोले मेडिकल पढ्ने प्रसङ्ग समान रहेको दाबी गरेका छन् । उनले यस्ता अन्य धेरै प्रसङ्गहरू पनि फिल्ममा रहेको बताएका छन् ।
‘पूर्ण बहादुरको सारङ्गी’ले बाबुले छोराका लागि देखेको सपना र संघर्षको कथा प्रस्तुत गर्दछ । फिल्ममा विजय बराल र प्रकाश सपूतले बुबा-छोराको भूमिकामा अभिनय गरेका छन् भने अञ्जना बराइली, मुकुन भुसाल, माओत्से गुरुङ, बुद्धि तामाङ लगायत अन्य कलाकारहरूको उत्कृष्ट प्रस्तुति रहेको छ ।
यस्तो छ उपन्यासकार डा. बस्यालको तर्क :-