Advertisement
विज्ञापन

राजस्व छली सामान नियन्त्रणमा लिंदा सुरक्षाकर्मी माथि ढुङ्गामुढा



Advertisement
विज्ञापन

रुपन्देहीको सीमा क्षेत्रबाट राजस्व छलीको आशंकामा सामान नियन्त्रणमा लिएर फर्किने क्रममा सुरक्षाकर्मीको सवारीसाधनमा ढुंगामुढा भएको छ । बिहीबार (हिजो) बेलुकी ६ बजे लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर २ स्थित मुझानमा सुरक्षाकर्मीको सवारीसाधनमा ढुंगामुढा भएको हो ।

सोही स्थानका ३२ वर्षिय दिलिप लोधको घरमा खानतलासी गर्दा ११२ बोरा चिनी राजस्व छलेको आशंकामा नियन्त्रणमा लिएर फर्किने क्रममा १५०/२०० जना स्थानीयहरुले बाटो अवरोध गरेर चिनी लुटपाट गर्ने मनसायले सुरक्षाकर्मीको सवारीसाधनमा ढुंगामुढा गरेको सशस्त्र प्रहरी बल, नेपाल नं.२७ गण हे.क्वा.रुन्देहीले जनाएको छ ।


Advertisement
Advertisement

गणका सूचना अधिकारी तथा सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) दुर्गा बहादुर थापाका अनुसार मुझानमा राजस्व छलेर चिनी गोदाम गरी राखिएको भन्ने विशेष सूचनाको आधारमा खानतलासी गर्नको लागि राजस्व अनुसन्धान कार्यालय बुटवलबाट अनुसन्धान अधिकृत राज बहादुर बिष्टसहित ४ जना र सशस्त्र प्रहरी बल, नेपाल राजस्व प्रहरी ईकाई बुटवलबाट सशस्त्र प्रहरी निरीक्षक अस्मित चौहान मगरको कमाण्डमा १० जनाको टोलीले बेलुकी ५ बजे चिनी नियन्त्रणमा लिएको थियो ।

‘सुरक्षाकर्मीको सवारीसाधनमा ढुंगामुढा भएपछि तत्कालै सशस्त्र प्रहरी बल, नेपाल नं. २७ गण हे.क्वा. रुपन्देहीका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) आनन्द थापा मगर, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे र राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विवेक घिमिरेको संयुक्त समन्वय एवं सहकार्यमा एसपी थापा मगरसहितको ७० जनाको टोली परिचालित भइ उक्त भिडलाई तितरबितर पारेको थियो । बरामद चिनीसहित सवारीसाधनहरु राजस्व अनुसन्धान कार्यालय बुटवल पुर्याइएको थियो,’ डीएसपी थापाले भने ।

उक्त स्थानमा स्थानीयहरुको भिडले ढुंगामुढा गर्दा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश लुम्बिनी रुपन्देहीको ना १ झ १४७७ नम्बरको गाडीको दाँयातर्फको झ्यालको दुईवटा सिसा पूर्णरुपमा फुटेर क्षति भएको सशस्त्र प्रहरीले जनाएको छ ।
त्यस्तै स.प्र.बल, नेपाल नं. २७ गण हे.क्वा. रुपन्देहीमा कार्यरत सशस्त्र प्रहरी नायव निरीक्षक काशी प्रसाद चौधरीको दायाँ हात र स.प्र.बल, नेपाल राजस्व प्रहरी ईकाई बुटवलमा कार्यरत सशस्त्र प्रहरी जवान चन्द्रमा पाण्डेको समेत दायाँ हातमा सामान्य चोट लागेकोे थियो ।

घाइते सुरक्षाकर्मीहरुको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारपश्चात उनीहरु सम्बन्धित कार्यालयमा फर्किएको सशस्त्र प्रहरीले जनाएको छ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Ads will close in 8 seconds
Skip Ad