सुनचाँदीको मूल्य बढ्यो
२१०५
नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६६ हजार ५ सय रुपैयाँ तोकेको छ ।
आज सुन प्रतितोला २ हजार रूपैयाँले बढेको हो ।
यसअघि बिहीबार सुन १ लाख ६४ हजार ५ सय रुपैयाँमा कारोवार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि २० रूपैयाँले बढेको छ ।
बिहीबार तोलामा १९ सय ६० रूपैयाँमा कारोवार भएको चाँदी आज २० रूपैयाँले बढेर १९ सय ८० रूपैयाँमा कारोवार भइरहेको छ ।