Advertisement
विज्ञापन

आगलागी हुँदा सामान झिक्न गएका जयप्रकाशको जलेर मृत्यु



Advertisement
विज्ञापन

पाँचथरको फिदिममा आगलागी हुँदा जलेर एक जनाको मृत्यु भएको छ।

फिदिम नगरपालिका–२ सामादिनका जयप्रकाश राई (६२) को मृत्यु भएको हो। मंगलबार अपरान्ह कुमारी राईको घरमा आगलागी हुँदा जलेर घाइते भएका राईको उपचारका क्रममा गएराति कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको हो।


Advertisement
Advertisement

अचानक आगो सल्किएपछि सामान झिक्न जाँदा उनी जलेर गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि तत्कालै फिदिमस्थित गणेशमानसिंह सामुदायिक अस्पताल लगिएको थियो।

त्यहाँबाट रिफर गरेर झापाको बीएन्डसी अस्पताल हुँदै बुधबार दिउँसो कीर्तिपुर बर्न अस्पतालमा पु¥याइएको थियो। उपचारकै क्रममा राति करिब १ बजे उनको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।

ग्यास लिक भएर आगो लागेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Ads will close in 8 seconds
Skip Ad