डेंगी संक्रमण घट्दै
२१३०
This female’s abdomen had become distended due to the blood meal she was ingesting, imparting the red coloration to her translucent abdominal exoskeleton.
नेपालमा डेंगी संक्रमण घट्दै गएको छ ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले जाडो बढ्नुका साथै सरकारले डेंगी सार्ने लामखुट्टे नियन्त्रण अभियान सञ्चालन गरेपछि कार्तिक यता संक्रमण घट्दै गएको बताए ।
सरकारले डेंगीको संक्रमण बढ्न थालेपछि हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालयमा र अस्पताल परिसरमा सरसफाइ गर्नुका साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गरिरहेको छ ।
उनका अनुसार अहिले नेपालमा ४२औं हप्ताबाट डेंगी संक्रमण घट्न थालेको हो ।