Advertisement
विज्ञापन

झिलिमिली बत्ती निकाल्ने क्रममा करेन्ट लागेर मृत्यु



Advertisement
विज्ञापन

दाङ।दाङको तुलसीपुरमा तिहारको समयमा लगाएको झिलिमिली बत्ती निकाल्ने क्रममा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ। बुधबार बिहान तुलसीपुर उपमहानगरपालिका – १८ बिजौरीका १६ वर्षीय किशोर श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले बताए।

घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । बिहान सवा १० बजेतिर किशोरले तिहारको समयमा आफ्नै घरमा लगाएको झिलिमिली बत्ती निकाल्ने क्रममा करेन्ट लागेको थियो। उनलाई उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल पुर्याउना साथ बिहान ११ बजेतिर चिकित्सकले मृत घोषणा गरेका थिए ।।


Advertisement
Advertisement

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement