Advertisement
विज्ञापन

रैनादेवी छहरा -७ , बल्ढेङ्गगढी, काउलेकी गर्भवती कुवँरलाई गाउँपालिकाले गर्याे उद्वार



Advertisement
विज्ञापन

पाल्पाकाे रैनादेबी छहरा गाउँपालिकाले वडा न ७ की मानसिक स्वास्थ्य कमजोर भएकी गर्भवती महिला गोमा कुवँरको उद्धार गरेको छ । गाउँपालिका अध्यक्ष रूक्मागत भट्टराईले मानसिक स्वास्थ्य कमजोर भएकी गर्भवती महिला गोमा कुवँर अवस्था जानकारी पाउन साथ स्वास्थ्यकर्मीकाे टाेली सहित सम्बन्धित स्थान पुगी उद्धार गरेकाे गाउँपालिकाले जनाएको छ । उक्त महिलाकाे अवस्था बारे विभिन्न सञ्चार माध्यमबाट समचार प्रकाशन एवम प्रशारण गरेको २४ घन्टा भित्र उक्त गर्भवती महिला गोमा कुवँरको उद्धार गरि पाल्पाको मिशन अस्पतालमा उपचार सुरु गरेको गाउँपालिका अध्यक्ष रूक्मागत भट्टराई बताउनुभयो ।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जीवन रानाले मानसिक अवस्था कमजाेर र गर्भवती भएकाे महिलालाई डा. सहितकाे टाेली सम्बन्धित स्थान मै पुगि स्वास्थ्य परिक्षण पश्चात् टाेलवासीकाे सुझाव बमाेजिम अस्पताल लगिएको बताउनुभयो । गाउँपालिकाले सम्बन्धित व्यक्तिलाई अस्पताल सम्म लैजान गाडीकाे तथा एम्बुलेन्सकाे व्यवस्थापन गरि पठाइएकाे बताउनुभयो ।


Advertisement
Advertisement

गर्भावस्थामा मानसिक अवस्था ठीक नहुँदा गर्भवती अवस्थामा रहेकी गाेमा कुवँर जंगलको बिचमा जिवन र मृत्युसंग लड्दै थिइन । श्रीमान गुमाएकी उनै गाेमाकाे पालिकाले उद्वार गरि अस्पताल सम्म पुर्याएर उपचार गरेको छ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement