Advertisement
विज्ञापन

सैनामैनामा विद्यालय स्तरिय लोक भजन प्रतियोगिता हुँदै



Advertisement
विज्ञापन

बुटवल। राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिस्ठान नेपाल जिल्ला कार्य समिति रुपन्देहीको आयोजनामा विद्यालय स्तरिय लोक भजन प्रतियोगिता हुने भएको छ । समितिले सैनामैनामा पत्रकार सम्मेलनको आयोजना गरी विद्यालय स्तरिय लोकभनज प्रतियोगिता गर्न लागेको जानाकारी दिएको छ ।
आउंदो मंसिर १५ गते पर्रोहा माध्यमिक विद्यालयको खेल मैदानमा हुने लोक भजन प्रतियोगितामा २० भन्दा बढि विद्यालयको सहभागिता हुने प्रतिष्ठानका केन्द्रीय अध्यक्ष नारायण लेकालीले बताए ।
लोक भजन पछिल्लो समय लोप हुंदै गएको र त्यसको संरक्षण र प्रबद्र्धन विद्यालयका बालबालिकाहरु बाट गर्ने उद्देश्यले प्रतियोगिताको आयोजन ागर्न लागेको उनले बताए ।
कुल ३ लाख खर्च अनुमान गरिएको प्रतियोगितामा प्रथम हुनेले २० हजार, द्धितिय हुनेले १५ हजार, तृतिय हुनेले १० हजार र शान्त्वना हुनेले ५ हजार प्राप्त गर्ने आयोजकको दावी छ । हाल लोक भजन चुड्का संरक्षण प्रतिस्ठान ५३ भन्दा बढि जिल्लामा फैलिएको छ ।
जिल्ला अध्यक्ष दामोदर अधिकारीले भजन प्रतियोगिता विद्यालय स्तरमा पहिलो पटक हुन लागेको भन्दै यसले नेपाली संस्कार, संस्कृतिको जर्गेना गर्ने बताए ।


Advertisement
Advertisement

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Ads will close in 8 seconds
Skip Ad