Advertisement
विज्ञापन

राष्ट्रिय बुद्धिचाल आयोजकलाई बेदकोट नगरपालिका-८ ले गरेयो भव्य स्वगात



Advertisement
विज्ञापन

सुजन न्यौपाने
नेपाल बुद्धिचाल महासंघको वार्षिक कार्यक्रम अन्तर्गत दोश्रो राष्ट्रिय र्‍यापिड रेटिङ्ग बुद्धिचाल प्रतियोगिताका लागि कञ्चनपुरमा रहेको राष्ट्रिय बुद्धिचाल खेल आयोजक टोलीलाई बेदकोट नगरपालिका वडा नम्बर -८ ले भव्य स्वगात गरेको छ ।

उक्त वडाका अध्यक्ष महेशराज जोशीले आयोजक टोलीलाई बिहान को समय आफ्नो निवास र वडा कार्यालयमा स्वगत गरेका हुन् ।


Advertisement
Advertisement

बेदकोट नगरपालिकामा राष्ट्रिय र्‍यापिड रेटिङ्ग बुद्धिचाल प्रतियोगिता सम्पन्न भएको नेपाल बुद्धिचाल महासंघका अध्यक्षका प्रत्यासी प्रबिणबहादुर भँडेलले जानकारी दिए ।

विश्व बुद्धिचाल महासंघ फिडे र एशियन चेस फेडेरेशनको तत्त्वावधानमा सम्पन्न भइरहेको दोस्रो राष्ट्रिय र्‍यापिड रेटिङ्ग बुद्धिचाल प्रतियोगिताका विजेता खेलाडीले उपाधि संगसँगै नगद ३० हजार प्राप्त गरेका थिए।

खेलको उप विजेताले नगद २० हजार, तृतीयले १४ हजार, चौथो हुनेले ९ हजार, पाँचले ६ हजार र बाकी दशौं स्थान सम्म रहने प्रत्येक खेलाडीले ४ ४ हजारको दरले पुरस्कार प्राप्त गरेको प्रबिण बहादुर भँडेलले नालीबेली न्युजलाई जानकारी दिए ।

बेदकोट नगरपालिका वडा नम्बर- ८ ले भव्य स्वगात गरेकोमा बेदकोट नगरपालिका वडा नम्बर- ८ का वडा अध्यक्ष महेशराज जोशी संगै सिगो टिमलाई काठमान्डौं स्पोर्ट एकेडेमिका अध्यक्ष नारायण दास गमाल ,सदस्य नरेश गिरी र विक्रम चित्रकारले धन्यवाद दिनु भएको छ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Ads will close in 8 seconds
Skip Ad