परम्परा तोड्दै माओवादी, जिवित छदै संस्थापक नेतालाई सम्मान !
गुल्मी। समाजमा योगदान पुराउने र राजनीतिक रुपमा अहम भुमिका खेल्नेहरुलाइ दुख विमार वा अन्य कारणले निष्कृय हुदाँ वास्त नगर्ने जव मृत्यु हुन्छ तव भने उसको बढाईचढाई गर्दै मृत्यकको फोटोमा फुल माला तथा अविरले सम्मान गर्ने नेपाली प्रचलन छ ।
यस्तो प्रचलन तोड्दै नेकपा माओवादी केन्द्र गुल्मीेले यस जिल्लाका संस्थापक कम्युनिस्ट नेता मध्येका एक जना जिवित योद्धालाई शनिवार एक समारोहका बिच अभिन्दन गरेको छ ।
जिल्लाको मदनो गाउँपाकिा ६ पैंयुपाटका ९१ वर्षीय कम्युनिस्ट नेता कर्ण बहादुर खत्रीलाई अथक योद्धा कमरेड कर्ण बा का रुपमा अभिन्दन गरिएको हो । उहाँलाई अभिन्दनन गर्न माओवादी केन्द्रको केन्द्रिय कमिटि,प्रदेश कमिटि,जिल्लाका १२ वटै स्थानीय कमिटि,सहति सिंगो जिल्लका नेता कार्यकर्ता सम्मान समारोहमा पुगेका थिए ।
२०४३ सालमा भारत प्रभास बाट मसालको राजनीतिमा सकिृय रहनुभएको र त्यहाँको नेपाली एकता समाज गठन गर्नमा उहाँको ठुलो योगदान रहेको प्रत्यक्ष आफुले देखेको कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा माओवादी केन्द्रका केन्द्रिय सचिव चक्रपाणी खनाल बलदेवले बताउनु भयो ।
पुर्व कृषी मन्त्री समेत रहनु भएका नेता खनालले उहाँ भारत प्रभास पछि २०४९ सालमा नेपाल फर्किएको र त्यहाँ देखि हाल सम्म माओवादी आन्दोलनमा सतिसाल बनेक उभिएका कर्ण बा को अनुशरण गर्नु पर्नेमा जोड दिनु भयो । त्यस्तै कार्यक्रमका विशेष अतिथि सो पार्टीका प्रदेश कमिटि अध्यक्ष शुर्दशन बरालले जनयुद्धकालमा कमरेड कर्ण बालाई तत्कालिन शाहि सेनाले मार्ने सुचना जिल्ला पार्टीलाई आएछि आफै उहाँको घरमै पुगेर बचाउनको लागि भुमिगत स्थानमा जान आग्रह गरेको तर उहाँले देश,जनता,माओवादी आन्दोलनको लागि शहिद हुन तयार तर घर नछाड्ने, नभुक्ने र पार्टीको गोप्नियता भंग नगर्ने प्रण गरेको स्मरण गर्नु भयो ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका महादिवेशन प्रतिनिधि तथा मदाने गाउँपालिका ७ का पुर्व वडा अध्यक्ष काशि ब.बोहोराले माओवादीले समाजमा यस्ता कार्य गरेर सबैलाई उछिनिएर ,संस्कारको पाठ सिकाएको बताउनुभयो ।
समाजमा योगदान पुराउनेहरुलाई मरेपछि फोटोमा माल्यारोपण गर्ने,सामाजिक सञ्जाल रंगाएर सम्मान दिन चलन छ ,जुन गलत हो जिवित छदा वास्तै नगर्ने जव मृत्यु हुन्छ सम्मान प्रकट गर्ने कुरा राम्रो होईन माओवादीले कर्ण बालाई जस्तै जिवित छदै सम्मान गर्नु पर्छ ।
त्यस्तै नेकपा एमालेका मदाने गाउँ कमिटि अध्यक्ष प्रेम केसीले माओवादी केन्द्रले आयोजना गरेको कम्युनिस्ट योद्धा कर्ण बहादुर बा को अभिन्नदन कार्यक्रमले आफुलाई एमाले माओवादी संगै छदा नेकपाको झल्को आएको महसुुुस भएको बताउनु भयो । नेकपा छदा पनि म मदाने गाउँ कमिटिको अध्यक्ष थिए । उतिबेलाको नेकपाको भेला बैठकमा सहभागि हुने साथीहरुलाई आज देखिरहेको छु । म कामना गर्दछु आउने दिनमा फेरि पनि संगै हुन पाईयोस । त्यस्तै सम्पुर्ण जनप्रतिनिधीको तर्फबाट अभिन्नदन कार्यक्रकमा बोल्दै मदाने गाउँपालिका उपाध्यक्ष सरिता खड्काले गुल्मेली कम्यिुष्टका अभिभावक कर्ण बालाई जिवित छदै सम्मान दिएको मा नेकपा माओवादी केन्द्र गुल्मी प्रति धन्यवाद प्रकट गर्नुभयो ।
त्यस्तै अभिन्नदन कार्यक्रममा परिवारको तर्फ बाट धन्यवाद मन्तब्य राख्दै उहाँकी नातिनि निर्मला केसीले नेकपा माओवादी पार्टी जिल्ला कमिटि परिवार प्रति आभार प्रकट गर्नु भयो ।
उहाँले भन्नु भयो गाउँ समाज देखि देश विदेशले तिम्रो हजुरबुवाको योगदाको सट् तिमिलाई पार्टीले के दियो भनेर प्रश्न गरिरहनु हुन्थ्यो जसको जवाफ आजको यस कार्यक्रमले दिएको छ । तर पनि हाम्रो परिवार कुनै व्याक्तीगत स्वार्थको लागि भन्दा पनि समाज रुपान्त्रणको लागि लागे र आगामी दिनमा पनि निरंन्तर लाग्ने बताउनु भयो ।
कार्यक्रम माओवादी केन्द्र जिल्ला समन्वय समितिका संयोजक तेजेन्द्र सलामीको अध्यक्षयता र सचिब अशोक थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।