भैरव वचत तथा ऋण सहकारी संस्था लि. भुमिकास्थानको १९ औं वार्षिक साधारणसभा सम्पन्न
अर्घाखाँची।भैरव वचत तथा ऋण सहकारी संस्था लि. भुमिकास्थानको १९ औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ। संस्थाका अध्यक्ष चन्द प्रसाद श्रेष्ठको अध्यक्षता र जिल्ला सहकारी संघ लि. अर्घाखाँचीका अध्यक्ष प्रकाश भुसालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला वचत संघका सचीव धर्मराज भुसाल, भुमिकास्थान नगरपालिकाका निवर्तमान नगरप्रमुख रेशम थापा, भुमिकास्थान नगरपालिका वार्ड नं. ०७ का वडाअध्यक्ष रामचन्द्र ढुंगाना , जिल्ला समन्वय समितिका सदस्य झुपलाल खनाल लगायतले मन्तव्य राख्नुभएको थियो ।
उक्त साधारणसभामा संस्थाका जम्मा शेयर सदस्य ५५५, कुल पुजी २ करोड ५० लाख ६० हजार ६८३, वचत संकलन २ करोड ५ लाख ६७ हजार २७, ऋण लगानी १ करोड ८८ लाख ५६ हजार ५२० बराबरको वित्तीय विबरण कोषाध्यक्ष पुष्प श्रेष्ठले पेश गर्नुभएको थियो । कार्यक्रम संचालन संस्थाका सचिव केशव थापाले गर्नुभएको थियो ।
जिल्ला सहकारी संघ लि. अर्घाखाँचीले आफ्ना सदस्य संस्थामा पुगेर संचालक समिति, लेखा सुपरिवेक्षण समितिलाई प्रशिक्षण दिने, साधारणसभाका प्रक्रिया निर्णय लेखन सम्मन्धी कार्यहरू गर्दै आएको छ।
यसै सिलसिलामा आज प्रमुख अतिथिको रूपमा जिल्ला सहकारी संघका अध्यक्षले यदि साधारणसभामा सदस्यहरूको सक्रिय सहभागीता हुने संचालकले गरेका राम्रा निर्णयको अपनत्व लिने चित्त नबुझेका कुराहरू माथी प्रश्न उठाउने हो भने साच्चिकै सहकारी दीगो हुनेर सहकारीको सिद्धान्त स्वायत्तता र स्वतन्त्रताको मर्म पूरा हुने बताउनु भयो।
साथै अध्यक्ष भुसालले सदस्यहरुलाई वचतको दीर्घकालीन प्रयोग, ऋणको व्यबसायीकिकरण र संचालकहरुलाई संचालक समिति, लेखा समिति र उपसमितिहरुको काम कर्तव्य र अधिकारको बारेमा प्रशिक्षण दिनुभएको थियो ।