Advertisement
विज्ञापन

एकीकृत घुम्ती शिविरबाट ४ दिनमा तानसेनका २ हजार बढि नागरिकले लिए सेवा



Advertisement
विज्ञापन

पाल्पा —एकीकृत घुम्ती शिविरमा सेवा लिन तानसेन नगरपालिकाका ग्रामीण वडाका नागरिकको उत्साहजनक सहभागिता देखिएको छ । नगरपालिकाले संचालन गरेको १२ दिने एकीकृत घुम्ती शिविरमा चार वडाका २ हजार बढीले सेवा लिए ।

नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रमअन्तर्गत राखेको एकीकृत घुम्ती शिविरमा स्वास्थ्य, एकीकृत प्रजनन सेवा प्रदान गरिएको थियो । यसैगरी कृषि, पशु सेवा, सामाजिक सुरक्षा तथा पञ्जीकरण नवीकरण, ज्येष्ठ नागरिक परिचयपत्र, अपांगता भएकाको परिचय पत्र वडामै पुगेर शिविरमार्फत वितरण गरिएको हो । नगरपालिकाले तानसेनको बौघापोखराथोकबाट शिविर सुरु गरेको हो । बन्दीपोखरा, तेल्घा, दमकडामा सेवा लिनेको उल्लेख्य सहभागिता रहेको नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बताए । शिविरमा स्वास्थ्य सेवाअन्तर्गत सुरक्षित मातृत्व, गर्भवती परीक्षण, क्षयरोग परीक्षण, भीआईए परीक्षण, सुगर, प्रेसर, बहिरंग सेवा प्रदान गरिएको थियो ।


Advertisement
Advertisement

कृषि सेवाअन्तर्गत उन्नत जातको बीउ बिजन वितरण, विभिन्न अनुदानको सूचना, कृषक समूह दर्ता, नवीकरण सेवा प्रदान गरियो । पशु सेवाअन्तर्गत बिरामी पशुपंक्षीको जाँच तथा उपचार, पशु बन्ध्याकरण, गोबर परीक्षण, रेविजविरुद्ध खोप, औषधि वितरण लगायतका सेवा प्रदान गरिएको थियो । नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रमअन्तर्गत राखेको शिविरमा सबै रोगको जाँच, उपचार, परामर्श, प्रदेश, नगरपालिका र वडाको योजना सम्झौता, शिक्षा लगायतको सेवा प्रदान गरिएकाले सेवाग्राहीको उत्साहजतक सहभागिता रहेको नगर उपप्रमुख प्रतीक्षा गाहा सिंजालीले बताइन् ।

वडामा राखिएको यस्तो शिविरले गाउँमा बसोवास गर्ने नागरिकलाई धेरै फाइदा पुगेको तानसेन नगरपालिका–९ का वडाध्यक्ष राजेशकुमार अर्यालले बताए । ‘कृषि, पशु वा अन्य सेवा लिने युवाको सहभागिता निकै कम देखिएको छ,’ उनले भने, ‘५० वर्ष उमेर पुगेका नागरिक यस्ता सेवा लिन बढी आएका छन् ।’

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Ads will close in 8 seconds
Skip Ad