Advertisement
विज्ञापन

रुपन्देहीमा वृहत कार रयाली तथा पोलियो विरुद्धको सचेतना कार्यक्रम



Advertisement
विज्ञापन

बुटवल। अन्तराष्ट्रिय पोलियो दिवसको अवसरमा बिहिबार नेपालसहित विश्वभर विविध रचनात्मक सचेतना कार्यक्रम गरि मनाईदै छ ।

पोलियो उन्मुलनको अभियान थालेको रोटरी आरआई डिष्ट्रिक ३२९२ नेपाल–भुटान रिजन ५ अन्तरगतका रोटरी क्लबहरुको आयोजनामा रुपन्देहीमा वृहत सचेतनामुलक ‘पोलियो अब अन्त्य गर’ ब्यानर, डिजिटल डिस्प्ले तथा कार रयाली गरिने भएको छ । रोटरी क्लब अफ बुटवलको सचिवालयमा बुधबार पत्रकार सम्मेलन गरि डिष्ट्रिक पोलियो प्लस कमिटि चेयर ध्रुव धितालले पोलियो अभियानमा रोटरीको योगदानबारे प्रकाश पारे ।नेपालको रिजन १,२ र ३ मा साईकल रयाली, रिजन ४ मा सडक नाटक तथा पाचमा कार रयाली, प्लेकार्ड र ब्यानर लगायतका सचेतनामुलक कार्यक्रम गर्न लागेको उनले बताए । रुपन्देहीका हाईवेमा रहेका फ्लाईओभरसहित विभिन्न स्थानमा ‘पोलियो अब अन्त्य गर’ को ब्यानर, प्लेकार्ड लगाउने कार्यक्रम रहेको उनले बताए । यसैगरि विभिन्न स्थानका डिजिटल बोर्डहरुमा साझ ६ बजे १८ र १४ सेकेण्डका सचेतनामुलक भिडियो प्रदर्शन गर्ने उनले बताए ।


Advertisement
Advertisement
Advertisement

विशेष गरि बुटवल, भैरहवा, सैनामैना लगायतका क्लबहरुको बुटवल गोलपार्क हुदै भैरहवासम्म कार रयालीमा सहभागीता रहने उनले बतए । पाल्पामा ३ वटा क्लबहरु र दाङमा समेत क्लबहरुबाट कार्यक्रम हुने उनले बताए ।

रोटरीबाट सन १९७९ मा पोलियो प्लस अभियान थालेको भन्दै उनले सन १९८८ मा विश्वबाट पोलियो निर्मुल गर्न डब्लु एचओसंग रोटरी ईन्टरनेश्नलले सम्झौता गरेर अभियानहरु चलाएको बताए । ‘रोटरीले अहिलेसम्म १ अर्ब डलर भन्दा बढि लगानी गरेको छ ।’—उनले भने । नेपालमा सन २०१४ मे ७ मा पोलियो फ्रि घोषणा भएको उनले बताए ।

कार्यक्रममा रोटरी क्लब अफ बुटवलका अध्यक्ष प्रज्वल थान्जुले पोलियो सचेतना र उन्मुलनमा रोटरी ईन्टरनेश्नलको योगदानबाट सफलता मिलेको दाबी गर्दै केही देशहरुमा अझै पनि यसको समस्या रहेको हुदा पनि विश्वबाट नै उन्मुलनको अभियान अझै चलाउन जरुरी रहेको बताए । यस क्षेत्रमा जनस्वस्थ्यसंग समन्वय गरि भ्याक्सिनेसनको अभियान समेत चलाउने तयारी रहेको उनले बताए ।

कार्यक्रममा रिजन पाचका पोलियो प्लस कमिटि चेयर जितेन्द्र शर्मा, रोटरी क्लब अफ रुपन्देहीका अध्यक्ष प्रमोद पंन्थी, रोटरी क्लब अफ मेडिको फ्युजन ई हाईब्रिडका अध्यक्ष डा.विक्रम काफ्लेले शिक्षा, स्वस्थ्य, खानेपानी, वातावरण र सरसफाईको क्षेत्रमा समुदायस्तरमा रोटरी क्लबबाट निरन्तर कार्यक्रमहरु हुने गरेको बताए । रोटरी हाल २०८ देशमा १२ लाख सदस्यहरु आवद्ध रहेको सामाजिक संस्था समेत रहेको छ ।

 

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad