Advertisement
विज्ञापन

वामी सेवा समिति जापानले गर्यो नेपालबाट पुगेका अभिभावकहरुको सम्मान !



Advertisement
विज्ञापन

गुल्मी । वामी सेवा समिति जापानले वामीबाट जापानसम्म पुगेका अभिभावकहरुको स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

अक्टोबर २१ तारिख अर्थात कार्तिक ५ गते सोमबार जापानको सोलमरी रेष्टुरेण्ट सिन ओकुबोमा आयोजना गरिएको कार्यक्रममा विजया दशमी तथा शुभ दिपावलीको शुभकामना आदान प्रदान सहित अभिभावकहरुको सम्मान कार्यक्रम सम्पन्न गरिएको हो ।


Advertisement
Advertisement
Advertisement

सो अवसरमा वामीबाट जापान पुग्नुभएका प्रमुख अतिथि विशिष्ट अतिथि सहित ८४ बर्ष पुग्नुभएका अभिभावकहरु टेक बहादुर के.सी दम्पती र चुरा बहादुर रायमाझीको दम्पतीलाई कार्यक्रमका अध्यक्ष एवम् वामी सेवा समिति जापानका अध्यक्ष दिलिप थापा लगायत संस्थाका जिम्मेवार पदाधिकारीहरुले दोसल्ला ओडाएर सम्मान व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा लुम्बिनी प्रदेश सभाका पूर्व सदस्य खड्क बहादुर केसीले प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै आफ्नै भाई साथी र आफन्तहरु सम्झेर नेपालबाट जापानसम्म आमन्त्रण गरेर आफुहरुलाई सम्मान गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । उहाँले वामी सेवा समिति जापानले जन्मभूमीमा गरेका कामहरु निकै सह्रानीय रहेको भन्दै अझै संस्थागत प्रगतीको कामना समेत व्यक्त गर्नुभयो । त्यस्तै कार्यक्रममा तत्कालिन वामी गाउँ विकास समितिका अध्यक्ष तथा समाजसेवी महेश बहादुर जिसि, रुद्रावती बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष तथा समाजसेवी भुवन के.सीले विशेष मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा वामी सेवा समिति जापानका पूर्व अध्यक्ष तथा संरक्षक सुरेश के.सी, वामी सेवा समिति जापानका पूर्व अध्यक्ष एवम् वरिष्ठ सल्लाहकार किसान सापकोटा (शर्मा), डा. मुकेस सापकोटा, मुसिकोट नौमती पञ्चेबाजा समुहका अध्यक्ष इन्द्र थापा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा विशेष आकर्षणको रुपमा मुसिकोट नौमति पन्चे बाजा समुह जापान को बिशेष धमाका रहेको थियो । कार्यक्रम जापानमा रहेका वामेलीहरुको आपसी भातृत्व, पारिवारिक मिलन र अभिभावकहरुको सम्मानार्थ आयोजना गरिएको समितिका अध्यक्ष थापाको भनाई छ ।समितिका अध्यक्ष दिलिप थापाको अध्यक्षता रहेको कार्यक्रममा सदस्य देव सापकोटाको स्वागत मन्तव्य एवम् सचिव सुजन खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।
वामी स्थायी घर भई रोजगार, अध्ययन तथा अन्य विभिन्न पेशा व्यवसायका लागि जापान पुगेका वामेलीहरुको साझा संस्था वामी सेवा समिति जापानले जापान सहित नेपालमा पनि विभिन्न विपत्तिहरुमा सहयोग गर्दै आईरहेको छ ।विशेषगरी तत्कालिन वामी गाउँ विकास समितिको शैक्षिक, सामाजिक, प्राकृतिक विपत्ति लगायतका अन्य विभिन्न दैवी, भैपरी र आपत्कालिन अवस्थामा निरन्तर सहयोग गर्दै आईरहेको छ ।
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad