कपिलवस्तुमा मेरुदण्डीय पक्षघातद्वारा दर्जनौँ जनालाई कपडा, एक लाई व्हीलचेयर
कपिलवस्तु। मेरुदण्डीय पक्षघात समूह नेपाल कपिलवस्तुद्धारा शिवराज नगरपालिकामा कपडा वितरण गरिएको छ । अपाङ्गता भएका व्यक्तिहरू, एकल महिला, न्यून आयश्रोत भएका आम नागरिक लगायत ४० जनालाई कपडा, अपाङ्गता भएका एक जनालाई व्हीलचेयर वितरण गरिएको पक्षघात समूहले जनाएको छ ।
समूहका अध्यक्ष खुमराज घिमिरेले कार्यक्रममा शनिबार मन्तव्य राख्दै, अपाङ्गता भए पनि समाजमा अपाङ्गता भएका व्यक्तिहरू तथा विपन्न परिवारलाई कपडा वितरण गर्न पाएकोमा खुसी व्यक्त गरे । यस कार्यमा सबैको सहकार्य आवश्यक रहेको र यस्ता समाजसेवी कार्यक्रमहरूलाई निरन्तरता दिन सबैले हातेमालो गर्नुपर्ने उनले बताए ।
अध्यक्ष घिमिरेले यस कार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूमा जोडिन सबैलाई आग्रह गरेका छन् । समाजमा सहयोग र सहकार्यको भावनालाई अझ मजबुत बनाउँदै अघि बढ्न उनले प्रेरित गरे ।